मेयर शाक्यलाई कोरोना संक्रमण



काठमाडौं, (नेस)
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार श्रीमतीसहित ग्रान्डी अस्पतालमा कोरोना टेस्ट गर्दा श्रीमतीको नेगेटिभ र मेयर शाक्यको भने पोजेटिभ आएको थियो ।
उहाँ अहिले आइसोलेसनमा बस्नुभएको छ । मेयर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएपछि उहाँसँग प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्