५ लाख ३० हजार घूससहित इन्जिनियर पक्राउ



बुटवल, (नेस)
प्रदेश ५ को भौतिक पूर्वाधार विकास कार्यालय नेपालगन्जका कार्यालय प्रमुख डिभिजन सिनियर इन्जिनियर मनीषकुमार अर्याललाई अख्तियारले पक्राउ गरेको छ ।
प्रदेश ५ को भौतिक पूर्वाधार मन्त्रालय बुटवलमा कामको सिलसिलामा आएका कार्यालय प्रमुख अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नगद ५ लाख ३० हजार रकमसहित आइतवार साँझ पक्राउ गरेको हो ।
कार्यालय प्रमुख अर्यालले ठेकेदारबाट रकम बुझेको भन्ने सूचनाको आधारमा पक्राउ गर्दा स्रोत नखुलेको उक्त नगद रकमसहित मन्त्रालयबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख डा. भीष्मकुमार भुसालले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्