जस्टिन रहेनन्



प्रख्यात अमेरिकी गायक तथा गीतकार जस्टिन टाउन्सको आकस्मिक निधन भएको छ। ३८ वर्षीय गायकको निधनको जानकारी उनका परिवारजनले फेसबुक तथा इन्स्टाग्रामको माध्यमबाट दिएका एजेन्सीले जनाएको छ। परिवारजनका पोस्टमा लेखिएका छ– ‘हामीलाई हाम्रो प्रिय छोरा, पति, पिता तथा साथी जस्टिनको निधनको खबर सूचीत गर्नुपर्दा निकै दुःख लागेको छ। तपाईंहरूमध्ये धेरै जना धेरै वर्षदेखि उनको गीत–संगीतमा जोडिइरहनुभएको छ। हामीलाई विस्वास छ उनको संगीतले तपाईंहरूको यात्रालाई बाटो देखाउने काम गर्नेछ। हामी तिमीलाई सम्झिरहनेछौं प्रिय जस्टिन।’
परिवारजनले दिएको जानकारीमा उनको मृत्युको कारण भने खुलासा गरिएको छैन। अमेरिकाको नासभिल्लेमा जन्मिएका जस्टिनले आफ्नो सांगीतिक करिअर स्थानीय ब्यान्डबाट शुरू गरेका थिए। उनले आफ्नो करिअरमा आठ एल्बम प्रकाशन गरेका छन्। जीवनभर नशा र मदिरनाको मातमा झुलिरहने जस्टिन एकपटक आफ्नो यही बानीका कारण पिता स्विट अर्लको ब्यान्डबाट पनि निकालिएका थिए।

प्रतिक्रिया दिनुहोस्