सिन्धुलीको जुनारै रसिलो



लोकेन्द्र तामाङ र स्मृति गौतमद्वारा स्वरबद्व सिन्धुलीको जुनारै रसिलो बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ।
डीएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा शब्द लोकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम र एरेन्जमेन्ट विष्णु तामाङको रहेको छ। गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। गीतको म्युजिक भिडियोमा सञ्जीव ठकुरीको निर्देशन तथा करियोग्राफी रहेको छ भने सञ्जीव ठकुरी स्वयं र आयुष्मा कार्कीले अभिनय गरेका छन्। भिडियो प्रकाश खड्काको छायांकन र पदम सुवेदीको सम्पादनमा तयार भएको छ।

 

प्रतिक्रिया दिनुहोस्