अमेरिकी अभिनेत्री घोटाला काण्डमा जेल चलान



अमेरिकी अभिनेत्री लोरी लघलिन एक कलेज प्रवेश परीक्षामा घोटाला गरेको आरोप सिद्ध भएपछि दुई महिनाका लागि जेल चलान भएकी छिन्। धोखाधडीको मुद्दामा अदालतले जेल चलानको फैसला गरेपछि उनले अदालतमै रुँदै माफीसमेत मागेकी छिन्।
‘म मेरी छोरीको उज्ज्वल भविष्यका लागि उनलाई अनुचित लाभ दिन चाहन्थे। मलाई लागिरहेको थियो कि म उसका लागि राम्रो गरिरहेको छु, तर मैले वास्तवमा क्षमता तथा उपलब्धिमा बाधा गरिरहेको रहेछु।’ –उनले भनेकी छन्। लोरीमाथि डेढ करोड अमेरिकी डलर जरिवाना र १० घण्टा सामाजिक सेवा गर्नुपर्ने निर्देशन पनि दिइएको छ। ऋाफ्नो गल्तीे स्वीकार्दै उनले आफूलाई गल्तीको महसुस भइसकेको र यसका लागि लज्जित भएको तथा गल्तीको सजाय भुक्तान गर्न तयार भएको बताएकी छिन्। लोरी सन ८० र ९० ताका विभिन्न भूमिकाका लागि चर्चित थिइन्।
सन् २०११ मा शुरू भएको कलेज प्रवेश घोटालामा उनीसहित उनको ५० वर्षका पति पनि जोडिएका छन्। यो घटना अमेरिकाका विभिन्न कलेज मुछिएका छन्। जहाँ विद्यार्थी प्रवेशका लागि घूस दिएको भनेर जोडिएको थियो। उक्त समय कुल २.५ करोड रुपियाँ घूसका रूपमा विभिन्न व्यक्तिको मिलोमतोमा कलेज प्रवेश गराइएको थियो। आरोपितमा ३ घोटालाको आयोजक ३३ अभिभावक, ९ जना कोच, दुई प्रशासकलगायत सामेल रहेको एजेन्सीले जनाएको छ। उक्त घटनापछि केही विश्वविद्यालयले घटनामा सामेल कोचलाई निकालिदिएका थिए।

प्रतिक्रिया दिनुहोस्