बनेपाको भैंसेपाटी क्षेत्र सिल

एकै स्थानमा २५ संक्रमति



मोतीराम तिमल्सिना, काभ्रे ।

शनिबार साँझ बनेपा नगरपालिका–१३ भैंसेपाटीमा रहेको स्पाइनल इन्जुरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र बिरामी तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्रमा सिल गरिएको छ । भंैसेपाटी क्षेत्रमा अस्पताल आसपासका सबै क्षेत्रमा सिल गरिएको वडाध्यक्ष स”र्यनारायण नापितले जानकारी दिनुभएको छ ।

भैंसेपाटीस्थित स्पाइनल इन्जुरी अस्पतालमा शनिबार एकैदिन २३ जना कर्मचारी र बिरामीमा संक्रमण देखिएको थियो । यसअघि एक जना स्वास्थ्यकर्मी र एक जना कर्मचारीमा संक्रमण देखिएपछि ५९ जनाको स्वाब परीक्षण गरिएको थियो । बिरामी र कर्मचारी गरी अस्पताल परिसरमा २ सयभन्दा बढी छन् ।

अझै १ सय ११ जनाको स्वाब परीक्षण गर्नुपर्ने अस्पतालले जानकारी दिएको छ । अस्पतालले एक–एक साता कर्मचारीलाई आलोपालो गरिरहेको छ । सोही कारण आधा कर्मचारी उक्त संक्रमणको जोखिमभन्दा तत्कालका लागि बाहिर रहेको अनुमान अस्पतालले गरेको छ ।

स्थानीयसमेत भएकाले उक्त क्षेत्रमा नियमित घरबाट आउने–जाने भएकाले समुदायमै संक्रमण फैलन सक्ने भएकाले कडाइका साथ सिल गरी परीक्षण कार्यलाई तीब्र बनाइएको छ । यसअघि उक्त वडामा अन्य व्यक्ति पनि संक्रमित भएका थिए भने संघीय प्रहरी कार्यालयमा कार्यरत १९ जना संक्रमित भएका थिए ।

धुलिखेल अस्पतालमा शनिबार साँझ संक्रमण देखिएका १२ जनाको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान शुरू गरिएको छ । जसमध्ये धुलिखेल नगरपालिका–३, ६, ७, १० पनौती नगरपालिका–५ र ९ लगायतका क्षेत्रमा उनीहरूको परिवार र अन्य सम्पर्क व्यक्तिको सम्पर्क खोजी गरिएको छ । पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले संक्रमित व्यक्तिहरूको नजिकको सम्पर्कमा रहेका व्यक्तिको खोजी गरी परीक्षणको तयारी गरिएको तिमल्सिनाले जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिका–१० मा संक्रमण देखिएका व्यक्ति अस्पतालको क्यान्टाइनमा कार्यरत थिए । उनको गाउँमा पनि होटल थियो । होटलकै कारण धेरै व्यक्ति सम्पर्कमा रहेकाले तत्कालका लागि उक्त क्षेत्र सिल गरिएको अध्यक्ष पुष्पराज राउतले जानकारी दिनुभयो । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्क्न, निस्कनै परे मास्क लगाएर मात्र निस्कन, भीडभाडमा नजान र सरसफाइ तथा स्वास्थ्य सुरक्षामा ख्याल पु¥याउन अध्यक्ष राउतले अनुरोध गर्नुभएको छ ।

संक्रमितको सम्पर्कमा रहेका झन्डै १ हजार जनाको पीसीआर परीक्षणको तयारी गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

संक्रमितको संख्या थपिँदै
जिल्लामा संक्रमितको संख्या १ सय ४० पुगेको छ । शनिबार एकैदिन ३५ जनामा संक्रमण देखिएको छ भने आइतबार पाँचखाल नगरपालिका–४ तामाघाट घर भएकी ३९ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

अन्यत्र कार्य गर्ने महिलाका साथीहरूलाई कोरोना संक्रमण देखिएलगत्तै परीक्षणमा जानुभएको थियो । परीक्षणका क्रममा श्रीमान्लाई संक्रमण नदेखिएको र महिलामा संक्रमण देखिएको थियो । उहाँलाई पाँचखाल नगरपालिकाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

जिल्लामा सबैभन्दा धेरै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित देखिएका छन् । स्पाइनल इन्जुरीमा २५, धुलिखेल अस्पतालमा २६ र शिर मेमोरियल अस्पतालमा १ जना गरी ५२ जना अस्पतालमा संक्रमित देखिएका छन् । संघीय प्रहरी १९, जिल्ला प्रहरी ३, प्रहरी परिवार २ गरी २४ जना संक्रमित देखिएका छन् ।

धुलिखेलमा ९८ वर्षीय वद्धको निधन भएसँगै उहाँको परिवारमा १० जनामा संक्रमण देखिएको छ । वैदेशिक रोजगारबाट फर्किनेहरू २५ जना संक्रमित भएका छन् । अन्य सर्वसाधारण छन् । जनप्रतिनिधि र कानुन व्यवसायी १–१ जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्