काटीकुटी ठ्याक्कै मदनबहादुर र हरिबहादुर



– रश्मी थापा
ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले मोहित आचार्य र कुमार व्यञ्जनकारबाट भक्तपुर कमल विनायक निवासी विकल प्रजापतीले आफूहरुको हिट टेलिसिरियल मदनबहादुर हरिबहादुरका दुई लोकप्रिय पात्र मदनबहादुर र हरिबहादुरको मान्छे नै झुक्किने खालको दुई प्रतिमा बनाएको थाहा पाएपछि आप्mना जोडी अर्का ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यका साथ ती मूर्ति हेर्न विकलकहाँ पुगे। विकलकहाँ पुगेर प्रतिमा हेर्दा अरू त अरू मह जोडी नै चकित खाए।

‘एकपल्ट विकल प्रजापती भाइलाई भेटेरै धन्यवाद दिएर आऔं न त भनेर हरि र म, केही साथीहरुसँग मूर्तिकार विकल प्रजापतीको घरै पुग्यौं। कोठाभित्र गएर हेर्दा त हामी जिल्लै प¥र्यौं। ओहो, कस्तो काटीकुटी ठ्याक्कै मदनबहादुर र हरिबहादुर जस्तो। आम्मै हाम्रो टाउको कहाँबाट यहाँ पुग्यो भन्न मन लाग्ने’, मदनकृष्णले सुनाए– ‘त्यो टाउको यति दुरुस्त र सक्कली देखिन्थ्यो कि आप्mनो अनुहार बरु कता के नमिलेको नक्कली नक्कलीजस्तो लागिरह्यो।

यति राम्रो र कलात्मक मूर्ति बनाइराखेको देखेर मलाई लन्डनको मायडम टुसाड म्युजियममा सजाएर राखिएका मूर्तिहरुको सम्झना भयो। विकल प्रजापतीजस्तो कुशल र सिद्धहस्त मूर्तिकारलाई हार्दिक धन्यवाद र बधाई दिन चाहन्छु।’ विकलको उत्कृष्ट प्रतिभा नै थियो कि यो लोकप्रिय हास्य जोडीको हुबहु प्रतिमा बनाएर उनले अरूलाई त आश्चर्यमा पारे नै, स्वयं मह जोडीलाई नै चकित बनाइदिए।

मदनकृष्ण र हरिवंशकै सिरियल हेरेर हुर्र्किएका विकल आफू मदनकृष्ण र हरिवंशको ठूलो प्रशंसक भएकोले यो जोडीको प्रतिमा बनाएको बताउँछन्। ‘म उहाँहरुको सिरियल हरेरै हुर्किएँ। उहाँहरुको कमेडी एक्टिङ निकै मन पथ्र्यो र अभिनयबाट निकै प्रेरित थिएँ। त्यही भएर उहाँहरुकै प्रतिमा बनाउँछु र उपहार स्वरूप दिन्छु भन्ने सोचअनुसार बनाएँ।’ –उनले सुनाए। ‘दुई ओटा प्रतिमालाई आकार दिन, सुकाउन र रङ लगाएर तयार गर्न दुई महिना लाग्यो। यसरी तयार गरेको मूर्ति उहाँहरुलाई भेटेर आफै उपहार स्वरुप दिन चाहन्थें।

त्यसैले मह सञ्चारमा सम्पर्क गरेर आपूmले प्रतिमा बनाएको र भेटेर दिन चाहेको बताएँ। मैले फोन गरेको २÷३ दिनपछि मदनकृष्ण र हरिवंश दुई जनै मेरो घर आउँदा म एकदमै चकित र खुसी भएँ। उहाँहरु आफै मेरो घरमा आउनुहोला भन्ने मैले सोचेको पनि थिइनँ।’ –विकल भन्छन्।

आफूले ती प्रतिमा मह जोडीलाई उपहार दिन चाहेको भए पनि मह जोडीले भने कुनै प्रदर्शनीमा राख्न या कसैलाई देखाउन काम लाग्छ तिमी नै राख भनेको विकलले बताए। ‘उहाँहरुले प्रतिमा लानुभएन, तर पछि रेडियो अडियोका दीपक खनियाँले हास्य कलाकारहरुको जन्मदिन मनाउँदा उहाँहरुको प्रतिमा अगाडि राखेर मनाउँछौ भनेर लानुभयो।’ –विकलले सुनाए। मदनकृष्णले दुईजनाको दुईवटा टाउको दुईतिर हुनुभन्दा एकै ठाउँमा भएको ठीक हुने बताए।

केही वर्षअघि आफ्नी आमाको प्रतिमा बनाएका उनले अभ्यासका लागि यस्तै खाले २÷३ ओटा प्रतिमा बनाएका थिए। कोरोना महामारीका जोखिमका कारण लगाइएको लकडाउनको समयमा भने उनले आप्mना प्रिय कालकारद्वयको प्रतिमा बनाउने योजनालाई आवश्यक सामग्री जुटाएर यो काम शुरू गरेका थिए। विकलले ४ वर्षअघि मदनकृष्ण र हरिवंशको ग्लु डस्ट स्पिड पेन्टिङ गरेका थिए। ‘त्यो बेला उक्त पेन्टिङ उहाँहरुलाई गिफ्ट गर्छु भन्ने सोचेको थिएँ, तर के मिलेन र भेटेर गिफ्ट गर्न सकिनँ। मैले उक्त पेन्टिङ आफ्नो युट्युबमा पनि हालेको थिएँ।’ –विकल सम्झन्छन्।

माटोको भाँडाकुँडा बनाउने विकलको परिवारको पुख्र्यौली पेसा थियो। आफ्नो घरमा बन्ने माटोका विभिन्न भाँडाकुँडा देखेर ७ वर्षको हँुदाखेरी आफूले नै प्रयास गरेको विकल बताउँछन्। ‘मलाई सानैदेखि आर्टमा रुचि थियो, घरमा माटोका विभिन्न भाँडाकुँडा बन्ने भए पनि मूर्ति वा प्रतिमा बन्थेन।

मैले बनाएँ’, उनले भने– ‘ख्वप इन्जिनियरिङ कलेजबाट आर्टिटेक्चर इन्जिनियरिङमा दुई वर्षअघि ब्याचलर सकाएर फ्रिन्यान्सरका रूपमा स्केच बनाउने काम पनि गरिरहेको छु। तर पढाइको विषयसँगै रुचिको विषयलाई पनि सँगै लैजाऊँ भन्ने हिसाबले मूर्ति निर्माणमा लागेको हुँ।’ आफूले मदनकृष्ण र हरिवशंको मूर्ति बनाएपछि यस्तै खालका मूर्ति बनाउने अर्डर पाइरहेको विकलले बताए।

विकलको प्रतिभा देखेर लोभिएको मह जोडीले सामाजिक सञ्जालमार्पmत विकललाई प्रोत्साहित गरिरहेको छ। ‘हामीले हाम्रो मूर्ति बनाउनने विकल भाइलाई उहाँको घर गएर धन्यवाद दिन जाँदाको दृश्य कुमार व्यञ्जनकार र उहाँको टिमको क्यामेराले छायाँकन गरेको थियो। यति राम्रो सिद्धहस्त मूर्तिकारलाई सबैले चिनुन्, ता कि अरू कसैलाई आप्mनो बाआमा या कसैको मूर्ति बनाउन लगाउन मन लागेमा सजिलो हुन पनि सक्छ भन्ने हेतुले त्यसको भिडियो फेसबुकमा अपलोड गरेका छौं।’ –मदनकृष्ण भन्छन्।

प्रतिक्रिया दिनुहोस्