माइकल जोर्डानको जुत्ताको किर्तिमान



न्युयोर्क,(एजेन्सी)

बास्केटबल खेलका विश्व प्रसिद्ध खेलाडी माइकल जोर्डानले सन् १९८५ को एउटा प्रतियोगितामा लगाएको एक जोर जुत्ता विश्व किर्तिमान सहितको मुल्यमा लिलाम भएको छ । लिलाम गृह क्रिष्टिजले उक्त नाइक एयर जार्डान १ हाइ जुुत्ता ६ लाख १५ हजार अमेरिकी डलरमा लिलाम भएको जनाएको छ ।

इटालीको ट्रिएस्टेमा आयोजित खेलमा लागइएको सो जुत्तामा जोर्डानको हस्ताक्षर रहेको छ । बायाँपट्टीको जत्तामा काँचका टुक्राहर जडिएकाले पनि जोर्डानको यो जुत्ता विशेष भएको मानिएको छ । यस अघि सन् २०२० को शुरुमा जार्डानकै अर्को जोर जुत्ता ५ लाख ६० हजार डलरमा बिक्रि भएर विशय किर्तिमान राख्न सफल भएको थियो ।

क्रिष्टीले सन् १९९२ मा सम्पन्न अर्को खेलमा लगाइएको जोर्डानको अर्को एक जोर जुत्ता पनि १ लाख १२ हजार ५ सय डलरमा लिलाम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्