चीन र अमेरिकाबीच उडान बढाउने सहमति



वासिंगटन (एजेन्सी)

कोरोना भाइरस महामारी फैलिएपछि चिसिएको अमेरिका चीन सम्बनमा केही सकारात्मक लक्षण देखिएको छ । अमेरिका र चीन एक अर्काको एयलाइन्सको उडान संख्या बढाउन सहमत भएका छन् । कोरोना कालमा पहिला दुई देशबीच हरेक हप्ता ४ उडान भइरहेको थियो भने अब त्यसलाई ८ पुर्याइएको छ ।

यस सहमतिले विश्वका दुई अर्थ ब्यवस्थाबीच महामारीका क्रममा लागु गरिएको यात्रा प्रतिबन्दमा खुकुलोपना आएको संकेत दिएको छ । चीनबाट विश्वभरी कोरोना फैलिएको आरोप लागेपछि चीन र अमेरिकामा मनमुतावको स्थिति उत्पन्न भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा कोरोनाका लागि चीनलाई जिम्मेवार ठहर्याएको थियो ।

अमेरिकाले चीन अमेरिका एयलाइन्सको सम्झौता अनुसार अधिकारको पुर्ण वहाली हुने अपेक्षा गरेको छ । अहिले यो उडानको संख्या बढाउने तर्फको सही दिशामा चालिएको कदम हुने बताइएको छ । जनवरीको सुरुवातसम्म दुई देशबीच ३ सय भन्दा बढी उडान हरेक हप्ता हुने गथ्र्यो तर महामारी फैलिएपछि अन्तराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लागेकोले उडानको संख्या सीमित भएको हो । युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले मार्चमा चीनका लागि उडान राकेका थिए ।

प्रतिक्रिया दिनुहोस्