अष्ट्रेलियाले आफ्ना सबै जनतालाई निशुल्क कोरोना खोप दिने



सिड्नी (एजेन्सी)

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशका २ करोड ५० लाख नागरिकका लागि निशुल्क कोरोना खोप उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री मोरिसनले मंगलबार कोरोना खोप देश मै बनाउन र सबैलाई निशुल्क दिइने बताउँदै खोप अष्ट्रेलियाको पहुँचमा भएको बताए ।

अष्ट्रेलियाले स्विडिस बेलायती फार्मास्युटिक कम्पनी एस्ट्राजेनेकासँग खोपका लागि अनुबन्ध गरेको उनले जानकारी दिए । यो अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर बनाउन लागेको हो । यदी यो खोप सफल हुन्छ भने यसलाई आफैले उत्पादन गर्ने र आफना २ करोड ५० लाख नागरिकलाई निशुल्क दिने उनले बताए ।

प्रधानमन्त्री मोरिसनले सकेसम्म सबैका लागि खोप लिन अनिवार्य गर्ने पनि बताए ।अष्ट्रेलियामा हालसम्म कोरोना संक्रमित २३ हजार ९ सय ८९ पुगको छ । अहिलेम्म ४ सयको यस संक्रमणका कारण ज्यान गइसकेको छ ।विश्वमा कोरोना भाइरस संक्रमण अहिले सम्म २ करोड २१ लाख २० हजार ९ सय ६३ पुगेको छ । यसमा १ करोड ४८ लाख ५४ हजार ४ सय ७५ विरामी ठीक भइसकेका छन् भने ७ लाख ७८ हजार ८ सय ८३ को मृत्यु भइसकेको छ ।

यसैबिच विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वमा २० देखि ४० बर्ष उमेर समुहका युवा संक्रमणको चपेटामा आइरहेको जानकारी दिएको छ । उक्त संस्थाका पश्चिम प्रशान्त क्षेत्रका निर्देशक तोकसी कसइले भिडियो कन्फ्ररेन्सिगमा कयौंलाई कोरोना संक्रमित भइसकेको थाहा पनि नभएको बताए । अब संक्रमण ती देशमा फैलिरहेका छन् जहाँ पहिला यो नियन्त्रणमा आइसकेको थियो । कयौं देशमा पुन लकडाउन गर्नु परिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्