ट्रम्प देशका लागि गलत राष्ट्रपति होः मिसेल ओबामा



वासिंगटन (एजेन्सी)
अमेरिकामा राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीको नेसनल कन्वेन्सनमा पुर्व अमेरिकी प्रथम महिला मिसेलले ओबामा भिडियो कन्फ्रेन्स माध्यमबाट सम्बोधन गरेकी छन् । उनले भनिन्, ट्रम्प हाम्रो देशका लागि गलत राष्ट्रपति हो । यो त्यो ब्यक्ती होइन, जसको देशलाई आवश्यक छैन । मिसेलले यस क्रममा एक नेकलेस लगाएकी थिइन्, जसमा भोट लेखिएको थियो ।

पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेलले आफनो १८ मिनेटको भाषणमा ट्रम्पलाई उसले काम गर्न सक्छ भन्ने प्रमाणित गर्ने कयौं अवसर प्राप्त भएको बताइन् । तर उनले समस्या बढाएको छ । यो वर्तमान समयको हिसाबले ठीक नभएको उनले बताइन् ।

मिसेल ओबामाले नागरिकहरुलाई भोट दिन अपिल गरेकी छिन् । उनले भनिन्, सन् २०१६ को राष्ट्रपति चुनाव मा कयौंले उनले भोट नदिनुले केही फरक नपर्ने ठानेका थिए र त्यसैको नतिजा हामी भोगिरहेका छौं । आज देश विभाजनमा छ । यदि यसमा परिवर्तन नहुने हो भने स्थिति अझ खराब हुनेछ ।

सन् २००८ देखि २०१६ सम्म ह्वाइट हाउसमा आफ्नो अनुभवका बारे उनले भनिन्, ‘म आज ती केही ब्यक्तीहरु मध्यको एक हुँ, जसले राष्ट्रपति पदको भारी बोझ र अदभुत शक्तीलाई देखेको छु । ट्रम्प यो पद सम्हाल्न असमर्थ रहे ।’

मिसेल ओबामाको यस भाषणलाई लिएर जवाफमा पुरानो रिकर्ड भएको बताउँदै ट्रम्पले भने, ‘उनको भाषण प्रत्यक्ष होइन । यो धेरै अगाडी रिकर्ड गरिएको थियो । उनले भाषणमा उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसको नाम समेत उल्लेख गरेकी छैन । ’ साथै ओबामाको भाषण अत्यन्तै विभाजनकारी भएको पनि ट्रम्पले बताए ।

डेमोक्र्याटिक पार्टीको यो सम्मेलन चार दिन सम्म चल्नेछ । यस क्रममा उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसको नाम आधिकारिक रुपमा घोषणा गरिनेछ । पहिला यो सम्मेलन विस्कोन्सिनमा हुने भनिएको थियो ।

तर कोरोना महामारीका कारण भिडियो कन्फ्रेसिंगका माध्यमबाट भइरहेको छ । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुन गइरहेको छ । नेसनल कन्वेन्सनमा राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारको आधिकारिक घोषणा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्