पल र वर्षाको दिल कमाल भो



कोरोना संक्रमण बढिरहेकाले हिजोआज फिल्म निर्माण, वितरण र प्रदर्शनका कार्यहरू ठप्प भएका छन्। फिल्मका गतिविधिहरू रोकिए पनि नायकनायिकाहरू म्युजिक भिडियोमा देखिइरहेका छन्।

यसै क्रममा नायकनायिका पल शाह र वर्षा रावत एक नयाँ गीतको म्युजिक भिडियोमा देखिएका छन्। पल र वर्षाद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ।

पल र वर्षा दिल कमाल भो बोलको गीतमा साथसाथ देखिएका हुन्। गीतमा शब्द संगीत र स्वर रमेश बानियाको रहेको छ। रोमान्टिक शैलीको यो गीतमा संगीत संयोजन यम थापाको रहेको छ।

गीतको म्युजिक भिडियो राजीव समरले निर्देशन गरेका हुन् कोरियोग्राफी पनि उनकै छ। अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको गीत बिहानी आर्टले बजारमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्