गीतमा झण्डा जलाउने दुस्साहस



न्युज अफ नेपाल, काठमाडौं ।

अहिले युट्युवमा सार्वजनिक गरिएको एक नेपाली गीत विवादित बनेको छ ।

सो गीतमा नेपालको झण्डा जलाइएको छ । गीतमा नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध आपत्तिजनक शब्दहरु समेत प्रयोग गरिएको छ । ‘देशद्रोही’ शीर्षकको यो गीत ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

युट्युवमा अपालेड गरिएसँगै यस गीतविरुद्ध मानिसहरु आक्रोसित भएका छन् । यस गीतका गाएक तथा सम्प्रर्ण टिमलाई कार्वाही गर्न माग गरिएको छ ।

यो गीतको विषयमा राप्रपा सांसद राजेन्द्र लिङदेनले समेत ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यस प्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’ भन्दै ट्वीट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्