स्पुटनिक भी खोपको भिडियो सार्वजनिक



मस्को (एजेन्सी) ।

गत हप्ता कोरोना भाइरस संक्रमण विरुद्धको खोपलाई अनुमति दिएको रुसले आफनो खोप स्पुतनिक भीको एक भिडियो जारी गरेको छ । उक्त खोपले कोरोना भाइरस अन्त्य गर्ने रुसले दावी गरेको छ ।

यद्यपी वैज्ञानिकहरुले रुसको दावीमा चिन्ता ब्यक्त गर्दै आइरहेको छ । रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका तर्फबाट जारी ३८ सेकेन्डको उक्त भिडियोमा कसरी स्पुतनिक भी परिदृष्यमा आउँछ र कोरोना संक्रमणलाई समाप्त पार्छ भन्ने देखाइएको छ ।

खोप उत्पादनको एक भिडियो पनि जारी गरेको स्पुतनिक न्युजले जनाएको छ । गत हप्ता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको रक्षा मन्त्रालय र गामेलिया इन्स्टिच्युटको यो खोप विशेष प्रभावकारी भएको र कोविड १९ महामारी विरुद्ध शरीरमा प्रतिरक्षा प्रणाली विकिसत गर्ने दावी गरेका थिए ।

उक्त खोपको तेस्रो चरणको मानव परीक्षण आगामी दश दिन भित्र शुरु हुन सक्ने रुसको तास न्युज एजेन्सीले जनाएको छ । रुसको मस्को क्षेत्रमा हुने उक्त परीक्षणमा दशौं हजारले भाग लिने बताइएको छ ।

खोपको पहिलो र दोस्रो चरण अत्यन्तै तिब्र गतिमा पुरा भयो र यी प्रक्रियालाई दुई महिना भित्रै पुरा गरिएको थियो । सरकारले खोपलाई स्विकृति तेस्रो चरण शुरु हुन अघि नै दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्