रुसी खोप प्रयोगमा ल्याउन तयार भए मेक्सिकोका राष्ट्रपति



मेक्सिको सिटी (एजेन्सी) ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेज मेनवेल लोपेज ओबराडोरले रुसी कोरोना खोप लिन आफु तयार भएको बताएका छन् । यदी रुसको खोप प्रभावकारी प्रमाणित हुन्छ भने त्यसलाई लगाउन आफै अगाडी आउने उनले बताए ।

यसअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले रुसी खोप आफैलाई लगाउने बताएका थिए । रुसले दुई महिनाको परिक्षणपछि खोपको उत्पादनलाई स्विकृति दिएको हो । यो खोपको पहिलो खेपको उत्पादन पनि गरिसकेको छ । यद्यपी यती थारै समयमा खोप उत्पादनलाई अनुमति दिएकोमा अन्तराष्ट्रिय जगतमा चिन्ता ब्यक्त गरिएको छ ।

केही वैज्ञानिकहरुले रुस आफनो राष्ट्रिय गौरवको सुरक्षाको तुलनामा प्राथमिकता दिइरहेको हो की भन्ने आशंका ब्यक्त गरिरहेका छन् । केही वैज्ञानिकका अनुसार मात्र १० प्रतिशत क्लिनिकल परीक्षण मात्र सफल हुने गरेको बताउँछन् ।

आफनो दैनिक प्रेसवार्तामा लोपेज ओबराडारले खोपका बारेमा भने -‘म सबैभन्दा पहिला खोप लगाउनेमा समावेश हुनेछु ।’

यसबीच विश्वभरीका देश खोप विकसित गर्ने होडमा छन् । मेक्सिको र अर्जेन्टिना सरकारले औषधी निर्माता कम्पनी एस्ट्राजेनेकासँग खोप उत्पादनका लागि अनुबन्ध गरिसकेको छ । यदी तेस्रो चरणको मानव परीक्षण सफल प्रमाणित हुन्छ भने आफ्नो देशका लागि २० करोड डोज आवश्यक हुने मेक्सिकोका उप विदेशमन्त्रीले बताए ।

खोपको पहिलो खेप आगामी बर्ष अप्रिल सम्ममा उपलब्ध हुन सक्छ । मेक्सिकोमा अहिलसम्म ५ लाख २२ हजार १ सय ६२ संक्रमित भइसकेका छन् । सरकारी डाटा अनुसार देशमा कोरोना भाइरसका कारण ५६ हजार ५ सय ७७ को मृत्य भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्