कंगनालाई सोनाक्षीको कटाक्ष



बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले एक अन्तर्वार्तामा अर्की अभिनेत्री कंगना रनावतमाथि कटाक्ष गरेकी छिन्।
उनले एक अन्तर्वार्तामा बलिउडमा चलिरहेको परिवारवादको विवादको प्रसंगमा नाम नलिइकन कंगनामाथि कटाक्ष गरेकी हुन्।

एक बलिउड समाचार पोर्टललाई दिएको अन्तर्वार्तामा उनले भनेकी छिन्– ‘परिवारवादको परिचय तथा सनसनी यस्तो व्यक्तिले बनाएको हो, जो व्यक्ति, जसकी बहिनीले उनको काम सम्हालिरहेकी छिन्।’ सोनाक्षीको यो अभिव्यक्तिबाट उनले यो प्रहार कंगना रनावतलाई नै गरेको हो भन्ने पुष्टि हुन्छ।

सोनाक्षी आफूले परिवारवादको कुरालाई महत्व दिने नगरेको जनाउँदै आफ्नो अभिनेता पिता शत्रुघन सिन्हाले आफ्ना लागि कुनै पनि फिल्मकर्मीसामु कामका लागि नभनेको बताएकी छिन्। ‘मेरो बुबाले मलाई फिल्म दिनका लागि कसैलाई भन्नुभएको छैन। डेब्यु फिल्म दबंगमा काम गर्दा आफ्नो निर्माताले उक्त भूमिकाका लागि आफू फिट हुने भनेपछि मात्र काम पाएको उनको भनाइ छ।

बलिउड नायक सुशान्तसिंह राजपुतको आत्महत्यापछि सामाजिक सञ्जालमा परिवारवादको विवाद शुरू भएको थियो। जसको निशानामा सोनाक्षी सिन्हा, आलिया भट्ट, सोनम कपुर, अनन्या पाण्डे, करण जोहरलगायत केही स्टार किड्स परिरहेका छन्। अभिनेत्री कंगना रनावतले यस विषयमा बेला–बेलामा विवादास्पद अभिव्यक्ति दिँदै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस्