जापानका प्रधानमन्त्री अस्पताल भर्ना



टोकियो ।जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना हुनुभएको छ । उहाँ स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । पूर्व अर्थमन्त्री अकिरा अमारीले एउटा टिभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट उहाँ अस्पताल जानुभएको हो ।

क्योदो समाचार संस्थाले उहाँ राजधानी टोकियोस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना हुनुभएको जनाएको छ ।
प्रधानमन्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने उहाँले चेतावनी दिनुभएको थियो ।

तर उहाँकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन् । “उहाँले राम्रो काम गरिरहनु भएको छ, त्यसमा कुनै समस्या भएजस्तो लाग्दैन,” सरकारको मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्