दक्षिण कोरियामा कारोना संक्रमितको संख्या बढ्यो



सोल,(एजेन्सी) ।

पाँच महिना यता पहलिो पटक दक्षिण कारियामा कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै देखिन थालेको छ ।

आइतवार मात्र २ सय ७९ वटा नयाँ घटना देखिएको थियो । अधिकांस संक्रमित सारांग जेइल चर्चसंग सम्बन्धित छन् । यस चर्चका पास्टोर दक्षिण कोरियाली राष्ट्रपति मून जाय –इनका प्रमुख आलोचक हुन् ।

यसै वर्षको शुरुमा दक्षिण कोरियाको सिन्चेओनजी चर्च अफ जिससबाट सबैभन्दा बढि कोभिड १९ संक्रमित भेटिएको थियो । ति विवादास्पद संक्रमित समुहको अन्य ५ हजार २ सय वटा भन्दा बढी घटनासंग सम्बन्ध रहेको भेटिएको थियो । मार्च महिना यत पहिलो पटक आइतवार एकै दिनमा संक्रमितको संख्या दुई सय नाघेको हो । त्यसैगरी सोमवार १ सय ९७ जना नयाा संक्रमित थपिएका छन् ।

फलस्वरुप अहिले मुलुकभरिको कूल संक्रमित संखया १५ हजार ५ सय १५ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । सोल महानगरिय प्रशासनलाई उदृत गर्दै योन्हाप संचार माध्यमले साराँग जेइल चर्चबाट मात्र कम्तिमा ३ सय १२ वटा नयाँ घटना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्