१० गुणा बढी संक्रामक कोरोना भाइरस भेटियो



क्लालालम्पुर (एजेन्सी) ।

मेलेसियाका अनुसन्धानकर्ताहरुले सामान्य भन्दा १० गुणा धरै संक्रामक नयाँ प्रकारको कोरोना भाइरस पत्ता लगाएका छन् । कोरोनाको यो म्युटेसनलाई डी ६१४ जी नाम दिइएको छ ।

यस मामिलाको सुरुवाट हालै मात्र भारतबाट फर्केका एक मलेसियाली रेस्टुरेन्ट मालिकले १४ दिनको आवश्यक क्वारेन्टिन अवधि तोडेपछि भएको बताइएको छ । क्वारेन्टिन नियम तोडेकोमा ती ब्यक्तीलाई ५ महिलनाको सजाय र जरिवाना लगाएको छ । समान प्रकारको संक्रमण फिलिपिन्सबाट फर्केको एक समुहमा पनि देखिएको बताइएकोछ । ४५ मा ३ जनामा यो प्रकारको कोरोना भाइरस भेटिएको अधिकारीहरुले बताएका छन् । अमेरिकाको शिर्ष स्वास्थ्य सल्लाहकार डाक्टर फौसीले यस म्युटेसनका कारण कोरोना भाइरसको प्रसारमा झन तिब्रता आउने चेतावनी दिएको छ ।

मलेसियाको स्वास्थ्य विभागका निर्देशक जनरल नुर हिसाम अब्दुल्लाले कोरोनाको नयाँ म्युटेसनको गम्भिर परिणाम देखिन सक्नेमा सचेत गराएको छ । यसले अहिलेसम्म खोप बनाउने तथा म्युटेसनलाई रोक्नका लागि विकिसित गरिएका प्रविधि पनि असफल हुन सक्ने चिन्ता ब्यक्त गरिएको छ ।

कोरोना भाइरसमा हुने यो म्युटेसन अमेरिका र युरोपका देशमा पनि तिब्रतासँग फैलिरहेको छ । तर विश्व स्वास्थ्य संगठनले अहिले सम्म त्यसको कुनै प्रमाण नभएको जनाएको छ । कोरोना भाइरसको म्युटेसनले मानवमा थप गम्भिर बिमारी फैलिएको त्यसतो कुनै प्रमाण प्राप्त नभएको डब्ल्युएचओका अधिकारीहरुले बताएका छन् । सेल प्रेसमा प्रकाशित एक अनुसन्धान पेपरमा हाल विकसित गरिरहेका खोपको प्रभावमा म्युटेसनको ठुलो असर पर्ने सम्भावना नभएको उल्लेख गरिएको छ ।

मलेसियाली स्वास्थ्य विभागका महानिर्देशकले जनतालाई सावधान रहन र थप सावधानी अपनाउन आवश्यक भएको बताए । कोरोनाको यो नयाँ टाइप अब मलेसिलामा पाइएको छ । नागरिकको सहयोग अत्यन्त आवश्यक छ ताकी हामी कुनै पनि म्युटेसनबाट संक्रमणको खतरा तोड्न सकुन् ।

प्रतिक्रिया दिनुहोस्