भाईलाई सम्झदै ट्रम्पले भने : ‘चाडै भेट हुने छ’



वासिङ्टन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ ।

स्थानीय समय अनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उहाँले देहत्याग गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।

आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उहाँले आफ्नो भाइलाई गुमाउनु पर्दा मन गह्रुङ्गो भएको उल्लेख गर्नुभएको छ ।

उहाँले दिवंगत रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई सवैभन्दा राम्रो साथी भएको स्मरण गर्नुभएको छ । उहाँले भाइलाई गुमाउनु पर्दा अत्यन्त गाह्रो भएको र चाडै उसँग फेरी भेट हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

भाइको याद मनभरी ताजा रहीरहने उल्लेख गर्दै उहाँले भाइको आत्माको शान्तिको कामना पनि वक्तव्यमा गर्नुभएको छ ।

पछिल्लो केही समयदेखि विरामी अवस्थामा रहेकाले उपचार गराइरहनुभएका राष्ट्रपतिका भाई रोबर्ट ७२ बर्षको हुनुहुन्थ्यो । उहाँको रोग र समस्याका बारेमा भने सार्वजनिक गरिएको छैन ।

उहाँ ट्रम्प संगठनका कार्यकारी उपाध्यक्षको रुपमा सक्रिय हुनुहुन्थ्यो भने राष्ट्रपति ट्रम्पका मुख्य सहयोगी र विश्वास पात्र हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्