धोनीलाई राजनीतिमा लाग्न प्रस्ताव



एजेन्सी ।

शनिबार अन्तराष्ट्रिय क्रिकेट करियरबाट सन्यास घोषणा गरेका भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई राजनीतिमा लाग्न प्रस्ताव आएको छ ।

आइतबार भारतीय जनता पार्टी (भाजपा) का राज्यसभा सांसद सुब्रमण्ड्यम स्वामीले धोनीलाई २०२४ को लोकसभाको निर्वाचनमा लड्नुपर्ने प्रस्ताव गरेका हुन् । स्वामीले क्रिकेटको योगदान सामाजिक जीवनमा पनि चाहिएको बताएका छन् ।

स्वामीले ट्वीट गर्दै, ’महेन्द्र सिंह धोनीले क्रिकेटबाट सन्यास लिनु अन्य कारणले होईन । बाधाहरुसँग लड्ने उनकी प्रतिभा र टिम नेतृत्व गर्ने जुन क्षमता उनले क्रिकेटमा देखाएका छन्, त्यो सार्वजनिक जीवनमा धेरै आवश्यक छ । उनले २०२४ को लोकसभा चुनाव लड्नु पर्छ ।’

धोनीको बिदाई खेल हुनुपर्ने माग

एमएस धोनीको सन्यास घोषणापछि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले शनिवार ट्वीट गर्दै(“देश र झारखण्डलाई गौरान्वित बनाउने महेन्द्रसिंह धोनीले आज अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । अब हामीले झारखण्डका गौरवलाई नीलो जर्सीमा देख्न पाउने छैनौं । तर, देशवासीहरुको मन भने भरेको छैन । म चाहन्छु माहीको लागि एउटा बिदाई म्याच रांचीमा खेलियोस् ।“

प्रतिक्रिया दिनुहोस्