रुसद्वार कारोना खोप ‘स्पुटनिक भी’ को उत्पादन शुरु



मस्को (एजेन्सी) ।

रुसले कोरोना भाइरस खोप ‘स्पुटनिक भी’को उत्पादन शुरु गरेको छ ।

कोरोना भाइरस विरुद्ध विकसित उक्त विश्वकै पहिलो खोपलाई लिएर विश्वका विशेषज्ञहरुले मानक पुरा नगरेको आरोप लगाउँदै त्यसको विश्वसनियता माथि प्रश्न उठाउँदै आइरहेको छ ।

यसका बावजदु रुसको स्वास्थ्य मन्त्रालयले शनिबार गेमलिया वैज्ञानिक शोध संस्थानले विकास गरेको उक्त कोविड १९ खोपको उत्पादन शुरु गरेको जानकारी दिएको छ । आगामी १२ महिनामा कोरोना खोपको ५० करोड डोज उत्पादन गर्न सक्षम भएको रुसी अधिकारीहरुले बताएका छन् ।

रुसी स्वास्थ्य मन्त्रालयले उक्त खोपले सबै आवश्यक जाँच पुरा गरेको र कोरोना भाइरस विरुद्ध रोग प्रतिरोधक क्षमता विकसित गर्न सफल प्रमाणित भएको बताएको छ । यो खोप दुई पटक लगाइने छ र दुई बर्ष सम्मका लागि कोराना भाइरस विरुद्ध रोग प्रतिरोधक क्षमता विकसित हुने अपेक्षा गरिएको छ । यो खोप ७६ जनामा फरक फरक परीक्षण गरिएको थियो ।

खोपको उत्पादन छिट्टै विदेशमा पनि शुरु हुने रुसी अधिकारीहरुले बताए । युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया र फिलिपिन्समा खोपैका परीक्षण शुरु हुने उनीहरुले बताए ।

यसबीच बेलायती अखबार डेली मेलले रुसी खोप कति प्रभावकारी र सुरक्षित छ यसको जाँच नभएको जनाएको छ । यो खोपको साइड इफेक्ट पनि देखिएको बताइएको छ । रुसका राष्ट्रपति पुटिनले उनकी छोरीलाई पनि उक्त खोप लिन लगाइएको थियो ।

विश्व स्वास्थ्य संगठनले पनि रुससँग खोपका बारेमा सबै डाटा मागेको छ । विश्व संस्थाले रुसी सरकारले खोपका बारेमा सम्पुर्ण अनुसन्धान जारी गर्न भनेको छ । डब्ल्युएचओले रुसको खोप दर्ता गर्नु अघि यसको क्लिनिकल परीक्षण पुरा हुनु पर्ने जनाएको छ ।

विश्वमा कोरोना खोपको अनुसन्धान गनरिरहेका कम्पनीहरुले लगातार परीक्षणको डाटा जारी गरिरहेको छ र डब्ल्युएचओलाई यसको जानकारी दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्