कोरोना संक्रमितको उपचारमा ‘एब्सलेन’ प्रभावकारी हुने



वासिंगटन (एजेन्सी) । 

कोरोना भाइरसको खोज गरिरहेका वैज्ञानिकहरुले विश्व महामारीविरुद्ध प्रभावकारी हुन सक्ने औषधी पत्ता लगाएको बताएका छन् । अत्याधुनिक कम्प्युटर सिमुलेसनको उपयोगबाट एब्सलेन औषधी कारोना भाइरसलाई शरीरभित्र कोषिकाहरुमा बढ्नबाट रोक्न सक्षम भएको जानकारी प्राप्त गरेको वैज्ञानिकहरु बताए ।

जर्नल साइन्स एडभान्सेजमा प्रकाशित उक्त अध्ययनमा कोरोना भाइरसको मुख्य प्रोटिन एमप्रोको जाँच गरिएको थियो । एमप्रो कोरोना भाइरसको जीवन चक्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्छ । शोधकर्ताहरुका अनुसार अमेरिकाको सिकागो विश्वविद्यालयका वैज्ञानिकहरुको अनुसन्धानले एमप्रो कोरोना भाइरसको आणुवंशिक पदार्थबाट प्रोटिन बनाउने क्षमतालाई सहज बनाउने पत्ता लागेको छ । जसले कोरोना भाइरस संक्रमित जीवको कोषमा आफनो प्रतिकृति निर्माण गर्छ ।

वैज्ञानिकहरुले कोरोना भाइरसको यो स्वभाव विरुद्ध प्रभावकारी हुने औषधीको खोजमा हजारौं योगिकको तिब्रता पुर्व जाँच गरे । जसमा एब्सलेन नामक औषधी एमप्रो विरुद्ध प्रभावकारी तरिकाले काम गरिरहेको देखिएको छ । यो औषधीमा एन्टी भाइरल, एन्टी इम्फ्लेमेटरी, एन्टी अक्सिडेटिव, जीवाणुनासक र कोष सुरक्षा गर्ने गुण हुने बताइएको छ ।

एब्सेलेनको उपयो कयौं रोगको उपचारका लागि गरिन्छ । यो औषधी विशेष गरी बायपोलार डिसअर्डर र नसुन्ने समस्यामा प्रयोग गरिन्छ । यो औषधीको कयौं क्लिनिकल परीक्षणले मानवमा उपयोगका लागि सुरक्षित प्रमाणित गरेको छ ।

हाल कयौं देशमा कोरोनाको उपचारका लागि रेमेडिसिविर औषधीको प्रयोग गरिरहेको छ । यो एक एन्टी भाइरल औषधी इबोलाको उपचारका लागि बनाइएको थियो । यो औषधीले संक्रमित विरामीको मृत्यु हुने दर ३० देखि ६० प्रतिशतले कम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्