रौतहटमा एक जनाको हत्या



रौतहट । कोरोना भाईरसको संक्रमण फैलन नदिन स्थानीय प्रशासनले रौतहटमा निषेधाज्ञा जारी गरेको छ तर यही समयमा एक दलित युबकको हत्या भएको छ । बस्ति भन्दा तीन सय मिटर पर हत्या गरिएका युबकको घाटिमा धारिलो हतियार प्रहार भएको छ ।

गरुडा नगरपालिका –८ जिंगडिया निबासी १७ बर्षिय निरञ्जन राम चमारको आईतबार राती अज्ञात समुहले हत्या गरेको छ ।

युबकको शब भेटिएपछि प्रहरीले घटनामा संलग्नको खोजी जारी राखेको जनाएको छ । घटनाको अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्