पोर्चुगलका दिग्गज खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय फरवार्डले सन् २००३ मा डेब्यु गरेयता आफ्नो देशका लागि १४६ गोल गरेका छन् र २३४ खेल (क्याप्स) खेलेका छन् — यी दुवै विश्व कीर्तिमान हुन् ।
सेप्टेम्बरमा, डेनमार्कविरुद्धको नेसन्स लिग खेलमा आफू सुरुवाती टोलीमा नपर्ने जानकारी पाएपछि उनी पोर्चुगलको प्रशिक्षण शिविरबाट बाहिरिएका थिए । यस घटनाका कारण उनलाई २१५ पाउण्ड जरिवाना र ३० दिनको प्रतिबन्ध लगाइएको थियो ।
इन्स्टाग्राम भिडियोमा रोनाल्डोले भने, “पोर्चुगलका जनताहरू, अब हाम्रो राष्ट्रिय टोलीको ’नम्बर ७’ जर्सी फिर्ता गर्ने समय आएको छ ।“
“मैले कहिल्यै पनि यो जर्सी केवल मेरो मात्र हो भन्ने ठानिनँ । तर, २३ वर्षसम्म यसलाई लगाउने, यसको मान राख्ने र विश्वभरका रंगशालाहरूमा यसलाई बोकेर हिँड्ने सौभाग्य र जिम्मेवारी मैले पाएँ ।“
“आज यसलाई भविष्यका लागि हस्तान्तरण गर्ने बेला आएको छ । यो निर्णय लिन सजिलो थिएन, किनकि कतिपय निर्णयहरू केवल दिमागले मात्र होइन, हृदयले पनि लिइन्छन् ।“
शुक्रबार, पोर्चुगलले यस महिना हुने नेसन्स लिग खेलहरूका लागि आफ्नो टोली घोषणा गर्नेछ — जसमा घरेलु मैदानमा डेनमार्कविरुद्ध र बाहिर (अवे) वेल्सविरुद्धको खेल समावेश छन् ।
पोर्चुगिज फुटबल महासंघले भनेको छ कि उनीहरू “यो बिदाइलाई उचित सम्मानबिना हुन दिने छैनन् ।“
रोनाल्डोले ६ वटा युरोपेली च्याम्पियनसिप (युरो) मा सहभागिता जनाएका थिए । पोर्चुगल सन् २००४ मा उपविजेता र सन् २०१६ मा च्याम्पियन बनेको थियो । सन् २००८ देखि पोर्चुगलको कप्तानी सम्हाल्दै आएका उनले सन् २०१९ र सन् २०२५ मा नेसन्स लिगको उपाधि जितेका थिए । उनको खेल जीवनकालमा पोर्चुगल विश्वकपको सेमिफाइनलभन्दा अघि बढ्न सकेन ।
रोनाल्डोको केही महत्वपूर्ण उपलब्धिहरू
म्यानचेस्टर युनाइटेडमा आबद्ध : पहिलो टोलीका लागि ३१ खेल र स्पोर्टिङका लागि पाँच गोल गरेपछि, रोनाल्डोले २००३ मा प्रि–सिजन मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडको ध्यान खिचे, लिस्बनमा ३–१ को जितमा दुई गोल गरे । उनी १२ मिलियन पाउण्डमा रेड डेभिल्स (म्यानचेस्टर युनाइटेडको उपनाम) मा सामेल भए । त्यतिबेला फर्गुसनले भने –“उनी मैले देखेका सबैभन्दा रोमाञ्चक युवा खेलाडीहरू मध्येएक हुन् ।“
पहिलो प्रिमियर लिग उपाधि ःरोनाल्डोले युनाइटेडमा आफ्नो पहिलो सिजनमा एफए कप जितेका थिए । मिलवाल विरुद्धको फाइनलमा उनले गोल पनि गरे । २००६–०७ मा उनको करियर निकै उत्कृष्ट बन्यो । उनले प्रिमियर लिगमा १७ गोल गरे, उनको पहिलो सिजन दोहोरो अंकको, वर्षको खेलाडी र वर्षको युवा खेलाडी घोषित भए र उनले पहिलो लिग उपाधि जिते ।
पुस्कास अवार्ड जिते : सन् २००९ मा पोर्टोविरुद्ध गरेको उत्कृष्ट गोलले रोनाल्डोलाई ’पुस्कास अवार्ड’ दिलायो । युनाइटेडका लागि रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए, जसमध्ये एउटा गोल सबैभन्दा उत्कृष्ट बनेको थियो ।
उनले ओल्ड ट्राफोर्डको मैदानमा पोर्टोविरुद्ध झण्डै ४० यार्ड टाढाबाट निकै शक्तिशाली प्रहार गर्दै बललाई गोलपोस्टको माथिल्लो कुनामा छिराएका थिए । यही गोलको मद्दतले उनको टोली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सफल भयो । यस गोलका लागि उनले वर्षको उत्कृष्ट गोल (गोल अफ द इयर) का रूपमा पहिलो ’फिफा पुस्कास अवार्ड’ जितेका थिए ।
रियलका सर्वाधिक गोलकर्ता : अक्टोबर २०१५ मा लेभान्टेविरुद्धको ला लिगा खेलमा ३–० को जित निकाल्ने क्रममा गोल रोनाल्डो ३१० खेलमा ३२४ गोलसहित क्लबका लागि सर्वाधिक गोलकर्ता बने । २०१५–१६ को सिजन, रोनाल्डोले सबै प्रतियोगिताहरूमा ५० वा सोभन्दा बढी गोल गरेको लगातार छैटौं सिजन बन्न पुग्यो । अन्त्यमा, रोनाल्डोले उक्त कीर्तिमानलाई थप १२६ गोलले विस्तार गरे—र रियल म्याड्रिडका लागि जम्मा ४३८ खेलमा ४५० गोलको आँकडा पु¥याए ।
युरो २०१६ को उपाधिः रोनाल्डोको खेल जीवनमा क्लबस्तरीयमा सबै कुरा पूरा भएपनि उनको करिअरमा एक कुराको कमी भइरहेको थियो, त्यो थियो अन्तर्राष्ट्रिय सफलता । यो कमी सन् २०१६ मा पूरा भयो, जब पोर्चुगलले पेरिसमा भएको फाइनल खेलमा आयोजक फ्रान्सलाई १–० गोलले पराजित गर्दै युरो कप जित्यो ।
फाइनल खेलको पहिलो हाफको मध्यतिर चोटका कारण आँसु झार्दै मैदानबाट बाहिरिएपछि, रोनाल्डोले अनौपचारिक रूपमा प्रशिक्षकको भूमिका निर्वाह गरे । तीन गोल र तीन असिस्टसहित उनी प्रतियोगिताको उत्कृष्ट टोलीमा पर्न सफल भए । युरो प्रतियोगिताको इतिहासमा १४ गोल गरेका रोनाल्डो सर्वाधिक गोलकर्ताका रूपमा आफ्नो यात्रा टुंग्याए ।
पाँचौं पटक ’बालोन डी’ओर’ जितेः सन् २०१६–१७ मा च्याम्पियन्स लिग र ला लिगा जितेपछि, रोनाल्डोले आफ्नो पाँचौं ’बालोन डी’ओर’ उपाधि जिते । यससँगै उनले त्यस समयसम्म लियोनेल मेसीको नाममा रहेको कीर्तिमान बराबरी गरे । युभेन्टसविरुद्धको युरोपेली फाइनल खेलमा उनले दुई गोल गरेका थिए । यसअघि उनले सन् २००८, २०१३, २०१४ र २०१६ मा विश्वको उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए । मेस्सीले पछि थप तीन ’बालोन डी’ओर’ जिते ।
च्याम्पियन्स लिगमा १००औं गोलः सन् २०१६–१७ को च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखविरुद्धको क्वाटरफाइनलको दोस्रो लेगमा ह्याट्रिक पूरा गर्दै रोनाल्डो यो प्रतियोगितामा १०० गोल गर्ने पहिलो खेलाडी बने । हालसम्म मेसी र रोबर्ट लेवानडोस्की मात्र उनीसँगै ’१०० गोलको क्लब’ मा सामेल छन् । युरोपको यस शीर्ष प्रतियोगितामा रोनाल्डोले कुल १८७ खेल खेल्दै १४१ गोल गरे । जुन एक कीर्तिमान हो । उनी लगातार छ सिजनसम्म यस प्रतियोगितामा सर्वाधिक गोलकर्ता रहे ।
पाँच पटक च्याम्पियन्स लिग जितेको ः रोनाल्डो पाँच पटक च्याम्पियन्स लिग जित्ने पहिलो खेलाडी थिए । उनले सन् २००८ मा म्यानचेस्टर युनाइटेडबाट खेल्दै च्याम्पियन्स लिग जितेका थिए । त्यसपछि रियल मेड्रिडबाट थप चार पटक यो उपाधि जिते ।
रियलबाट खेल्दै उनले पहिलोपटक सन् २०१४ मा यो उपाधि जितेका थिए । त्यसपछि सन् २०१६, २०१७ र २०१८ मा लगातार जितेपछि उनी पाँच पटक च्याम्पियन्स लिग जित्ने पहिलो खेलाडी बने ।
गोलको कीर्तिमानः सन् २०२१ मा रिपब्लिक अफ आयरल्यान्डविरुद्धको विश्वकप छनोट खेलमा रोनाल्डोले अन्तिम समयतिर दुई ’हेडर’ गोल गर्दै आफ्नो गोल संख्या १११ पु¥याए । योसँगैं इरानका अली दाइले राखेको १०९ गोललाई पछि पार्दै उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । उनले त्यसपछि पनि गोल थप्दै गए र २३४ खेलमा १४६ गोलसहित आफ्नो यात्रा टुंग्याए । यो पुरुष अन्तर्राष्ट्रिय फुटबलमा एक खेलाडीले गरेको सर्वाधिक गोल र सर्वाधिक सहभागिताको कीर्तिमान बनेको छ ।
१००० गोलको लक्ष्यः रोनाल्डोले हाल अन्तर्राष्ट्रिय करिअरबाट संन्यास लिएको घोषणा गरेपछि उनको १ हजार गोलमा पुग्ने लक्ष्यमा ढिलो हुने देखिएको विज्ञहरुको दावी छ । उनी १ हजार गोलसंख्यामा पुग्न १५ गोलले पछि छन् ।
उनले हालसम्म ९८५ गोल गरिसकेका छन् । जसमा उनले स्पोर्टिङका लागि ५, रियल म्याड्रिडका लागि ४५०, म्यानचेस्टर युनाइटेडका लागि १४५, युभेन्टसका लागि १०१, अल–नासरका लागि १३८ र पोर्चुगलका लागि १४६ गोल गरेका छन् ।
सन् २०२४ मा पोर्चुगलले क्रोएसियालाई हराउँदा उनी शीर्ष स्तरको फुटबल करियरमा ९०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका थिए । अहिले झण्डै २ वर्षको अन्तरालमा उनले ८५ गोल थपेका छन् ।











प्रतिक्रिया