स्टेडियमको आलिशान कोठामा मज्जाले बस्ने पक्राउ



सेन्ट पिटसवर्ग,(एजेन्सी)
अमेरिकाको फ्लोरिडा स्थित सेन्ट पिटर्सवर्ग निवासी एक घरवार विहिन व्यक्तिललाई आइ लान्ग स्टेडियमको एउटा लक्जवरी सुइटमा आरामसंग बस्द ैआएको अवस्थामा प्रहरीले गिरफतार गरेको दैनिक अखवार टाम्पा बे टाइम्सले जनाएको छ ।
सरसरफाइ गर्ने टोलिले सो आलिशान कोठा सरसफाइ गर्ने क्रममा त्यहाँ रेजर , सविंग क्रिम र सिरक आदि भेटिएपछि शंका व्यक्त गरेका थिए । सेभेलियन्स भिडियो फुटेजबाट ३९ वर्षिय ड्यानियल अल्वर्ट नेजा नामक ति व्यक्ति स्डेयिमको खाना तथा अन्य वस्तु राख्ने रुममा पनि सरासर आउने जाने गरेको भेटिएको छ । प्रहरीले २६ जुलाइ देखि त्यहाँ बस्दै आएका उनी सरसफाइ गर्ने टोलिसंगै मिसिएर भित्र प्वेश गरेको हुनुपने अनुमान गरेका छन् ।
कोभिड १९ महामारीको कारण स्टेडियमको मर्मत सम्भार तथा सरसाफाई कार्य पूरा नभइसकेकाले पनि नेजा त्यहाँ निर्वाध रुपमा बस्न सकेको अनुसनधानले जनाएको छ । नेजाले त्यहाँको १ हजार ४३ अमेरिकी डलर मुल्य पर्ने लुगाफाटा लगेको तथा २ सय ५० डलर वरावको पेय पदार्थ सेवन गरेको पाइएको छ ।
चोरी र बिना हतियार एकजना सरकारी अधिकारीसंग प्रतिवाद गरेको अभियोग लगाइएका नेजालाई पाइनेल्लास काउन्टि जेलमा थुनिएको छ । उनीसंग ५ हजार १ सय ५० डलर जमानत माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्