बीपी प्रतिष्ठानमा एक संक्रमितको मृत्यु



न्युज अफ नेपाल, विराटनगर ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत विराटनगरकी एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर २, तीनपैनीकी ५० वर्षीय महिलाको मृत्यु भएको हो । उपचारको क्रममा उनको गएराति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

महिलामा पाँच दिनदेखि अत्यधिक ज्वारो, खोकी र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्