स्वाधिनता दिवसमा मोदीद्वारा चीनलाई चेतावनी



नयाँदिल्ली,(एजेन्सी)
भारतिय प्रधानमन्त्री नरेन्द« मोदीले वर्षकै आफ्नो सबैभन्दा महत्वपूर्ण भाषण मार्फत चीनलाई चेतावनी दिएका छन् । शनिवार भारतको स्वाधिनता दिवसको उपलक्ष भाषण दिने क्रममा उनले भयानक सिमा तनवालाई लिएर चीनलाई चेतावनी दिनुका साथै भारतले शक्तिशाली सेना निमाणर््ा गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
तनावग्रस्त हिमााली सिमा क्षेत्रमा सेनाको उपस्थिती बढाउने कार्यलाई सहज गरिने धारण व्यक्त गर्दै मोदीले भारतको सार्वभौम सर्वोच्च रहेको तथा छिमेकीहरुसंगको समबन्ध सुरक्षा र विश्वासमा आधारित हुने बताएका छन् । कोरोना भाइरस महामारीको कारण नयाँ दिललीको लालकिल्लाबाट दिइएको सो ऐतिहासिक भाषण श्रवण गर्न उपस्थित अतिथिको संख्या करिव चार हुनुपर्नेमा आधा भन्दा बढि कटौति गरिएको थियो ।
सहभागिहरु पनि दुई मिटरको दूरीको व्यवस्था गरेर बसेका थिए । हिन्दु राष्ट्रवादी प्रधानमन्त्री पाकी स्तान र चीनका नाम उल्लेख नगरी ति दुइृ मुलुकसंग रहेको सिमा समस्याबारे संकेत गरेका छन् ।
भारतिय जनता पार्टी ( भाजपा ) का नेता मोदीले भनेका छन् , ‘ मुलुकको सार्वभौम माथि आँखा गाड्ने जासुकलाइ पनि भारतिय सेनाले तिनीहरुकै भाषामा तिनीहलाई जवाफ दिइसकेको छ । हामे लागि भारतको सममान सर्वोच्च छ । हामीले के गर्न सक्छौं , हाम्रो फौजले के गर्न सक्छन् , सबैले लद्धाखमा देखिसके । ’
मोदीले गत १५ जुनमा लद्धाखमा चिनिया र भारतिय फौजबिच भएके भिडन्तलाई इँगित गर्न खोजेका हुन् । लठ्ठी , ढुगा र मुकका प्रयोग भएको सो भिडन्तमा बिसजना भारतिय सैनिकको ज्यान गएको थियो । उक्त घटनाका लागि दुवैले एकले अर्कालाई दोष दिएको थियो ।
चीनले पनि सो घटनमा मानविय क्षति गुमाएको स्विकारे पनि संख्या भने सार्वजनिक गरेको थिएन । भारतिय र चिनिया फौज बिच सन् १९६२ मा पनि सिमा युद्ध भएको थियो । लद्धाख तनाव यता भातले चीन विरुद्ध आर्थिक हतियार प्रयोग गरेको छ । भारतले भिडियो सेयरिंग प्लेटफर्म टिकटक लगायत कम्तिमा ५९ वटा चिनिया एप्स माथि प्रतिवन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्