जाजरकोटबासीलाई वर्षेनी बाढीपहिरोले सताउँछ



वासुदेव शर्मा, जाजरकोट
बारेकोट ४ जिरीगाँउको सार्कीटोलमा गत असार २५ गते गएको पहिरोमा परि पाहुन सहित १२ जनाको मृत्यु भएको थियो । कुुुसे गाँउपालिका ९ चौराटाबाट पाहुन आएका ४ दुई घरका ८ जना परिवार सहित १२ जना पहिरोमा पुरिएका थिए । ४ जना घाईते भए । सोहि दिन बारेकोट ६ धुमाखोलामा आएको बाढीले २ जना बेपत्ता भएका थिए । बेपत्ता दुई जना अझै फेला पर्न सकेका छैन्न् ।
बारेकोटका विभिन्न वडामा ५६ घर पहिरोले बगायो । बाढी पहिरोको त्रासले १ हजार ५५ परिवारका ६ हजार ५ सय सात जना विस्थापित भएका छन् । जिरी,तल्लो जिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा,कोटली लगाएतका गाँउका नागरिकहरु विस्थापित भएर स्थानिय विद्यालय, गोठ, चौरमा बसेका छन् । पहिरोको उच्च खोजिममा रहेका घर हेर्न घाम लागेको बेला आउने र पानी पर्न थाले पहिरोको त्रासले अस्थायी वास स्थान तिर लाग्ने गरेका छन् । पिडित परिवारले प्रयाप्त राहात नपाउदा अहिले पनि भोकभोकै छन् ।
पहिरोको उच्च जोखिम जाजरकोटमा दुई बर्ष अगाडी भेरी नगरपालिका ३ ठाँटी नजिकै गएको पहिरोले दुई घर पुर्दा ८ बालवालिका सहित ९ जनाको ज्यान गएको थियो । विहान खसेको पहिरोले घर पुर्दा डेरा गरि वसेका ९ जनाको ज्यान गएको हो । केहि वर्ष पहिले भेरी नगरपालिका ४ बोहारागाँउमा पहिरोले घर वगाउदा ७ जनाको ज्यान गएको थियो । मध्यरातमा घरमा परिवार सुतिरहेको अवस्थामा एक्कासी पहिरो आउदा पाहुना आएका सहित ७ जनाले ज्यान गुमाएका थिए ।
नलगाड नगरपालिकाको डाँडागाँउ, करुवा, लहँ लगाएतका गाँउमा पहिरो खसेर भ्रmुम्रे खोलामा आएको बाढीले गत बर्ष ८ सय ३२ रोपनी, यस वर्ष २ सय रोपनी धानखेत बगाएको थियो । बाढीले ५ वटा घर, १ ट̯स, ब्रिज, ३ दर्जन घट्ट र मिल बगायो । नलगाड नगरपालिका ३ करुवामा पहिरोले बस्ती नै जोखिम पारेको छ । गाँउ भित्रै सडक खन्नका लागी जथाभावी डोजर प्रयोग गर्दा गाँउ नै भाँसिने खतरा छ । वस्ती निकै जोखिममा छन् । पहिरोले अहिले सम्म कुनै क्षति नगरेको गाँउमा डोजरले बाटो खन्न थालेपछि गत वर्ष देखि निरन्तर पहिरो खस्ने धानखेत बाढीले कटान गर्ने क्रम तिव्र भएको छ ।
बारेकोट ९ का खिम बहादुर विसीकी २२ बर्षिय छोरी टिका विसी बाटोमा हिड्दै गर्दा एक्कासी खसेको पहिरोले टाउकोमा चोट लागेपछि गम्भीर धाईते भएकी छन् । घरबाट सदरमुकाम आउदै गर्दा नलगाड ५ गेरेनी भिर नजिक सुख्खा पहिरो खस्दा टाउकोमा गम्भीर चोट लागेको छ । टिकाको अवस्था गम्भीर भएपछि उपचारको लागी गाँउपालिकाको पहलमा हेलिकोप्टरबाट सुर्खेत पठाएको हो । यस वर्ष जाजरकोटमा मात्र पहिरोले १४ जनाको ज्यान लिइसेको छ भने ५ जना बेपत्ता छन् ।
जथाभावी सडक खन्दा पहिरोको जोखिम बढेको हो । डोजर चालक नै ईन्जिनियर भएर खनेका जिल्लाका दर्जनौ भन्दा बढी ग्रामीण सडक बन्द छन् । डोजर चालक नै ईन्जिनियर भएर जथाभावी सडक खनेपछि पहिरोको जोखिम वढेको स्थानियको भनाई छ । बर्षातको समयमा पहिरो खस्ने त्रासले धेरै परिवार रातभर जाग्राम वस्नु पर्ने बाध्यता रहेको नलगाड ४ का लोकेन्द्र रावलले वताउनु भयो ।
बर्षेनी पहिरो जान्छ धनजनको ठुलो क्षति हुन्छ । पहिरो गए लगतै केहि समय जिल्लाका सरोकारवाला निकाय सक्रिय हुन्छन् । जोखिममा रहेका वस्ती सुरक्षित स्थानमा सार्ने सम्मका निर्णय गरिन्छ बर्षायाम सकिने वितिकै सवै निर्णय कागजमै सिमित हुन्छन् पुन त्यहि क्रम दोहरिन्छ नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले भन्नु भयो ।
पहिरोको उच्च जोखिममा रहेका सिल्पाचौर, नलगाडको चिउरी, औलगुर्ता, करुवा लगाएतका वस्ती स्थानान्तरणका लागी विगत वर्ष देखि सरकारसग माग गरेर पठाएपनि कुनै सुनुवाई हुन सकेको छैन नागरिक जोखिम मोलेर त्रास पुर्ण अवस्थामा त्यही वस्तीमा वस्ना वाध्य छन् ।
बारेकोटका अधिकास गाउँ पहिरोको उच्च जोखिममा परेको धेरै परिवार विस्थापित भएका छन् । बस्तीको भौगर्भिक अध्ययनका लागी विज्ञ टोली ल्याएर अनुसन्धान गर्ने जिल्ला बिपत व्यवस्थापन समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले वताउनु भयो ।
गरिवीका कारण भिरालो जोखिमयुक्त जमिनमा घर वनाउने र पहिरोको जोखिम उक्त ठाँउमा धेरै हुने गरेको छ । पहिरोको जोखिममा अति विपन्न, दलित समुदायका पर्ने गरेका छन् ।दुई वर्ष अगाडी सदरमुकाम स्थित ठाँटी नजिक गएको पहिरोमा ज्यान गुमाउने ९ जना मध्य ८ जना दलित थिए । गत असार २५ गते गएको पहिरोमा ज्यान गुमाउने १२ जना दलित समुदायका हुन । डिजाईन स्टमेट विना जथाभावी रुपमा डोजरले पहाडमा खनेका सडकले पहिरोको जोखिम बढेको छ । स्थानिय सरकार डोजरले बाटो खन्न ठिक्क छन् जथाभावी खनेका सडकबाट निम्तिन सक्ने जोखिम रोकथामका लागी स्थानिय सरकारसग कुनै योजना छैन्न नागरिक समाजका अगुवा शाहले भन्नु भयो ।
जिल्ला समन्वय समितिका संयोजक मन बहादुर रावलले जथाभावी सडक निर्माण, घर निर्माण गर्दा पहिरोको जोखिमलाई ख्याल नगर्नु तिव्र बनविनास, अन्धाधुन्ध डोजर प्रयोग, भिरालो जमिनमा घर वनाउनु परेकोे बर्षेनी पहिरोको जोखिम बढेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्