कोरोना खोप परीक्षणका लागि चीन र पाकिस्तानबीच सम्झौता



Small bottles labeled with “Vaccine” stickers stand near a medical syringe in front of displayed “Coronavirus COVID-19” words in this illustration taken April 10, 2020. REUTERS/Dado Ruvic/Illustration

(एजेन्सी) । 

चीनले आफ्नो कारोना भाइरस खोपको परीक्षणका लागि पाकिस्तानसँग सम्झौता गरेको छ । पाकिस्तानका बृद्ध, स्वास्थ्य कर्मचारी र गम्भिर रोगबाट ग्रस्त नागरिकका लागि चीनले खोप उपलब्ध गराउनेछ ।

देशका करिब २० प्रतिशत जनतालाई खोप दिन सकिने अधिकारीहरुले बताए । यो खोप परीक्षणका लागि कुनै पनि देशसँग चीनको पहिलो सम्झौता हो । सुरक्षित र प्रभावकारी प्रमाणि भएमा पाकिस्तानलाई सबैभन्दा पहिला यो खोप उपलब्ध गराइनेछ ।

चीनको नेसनल फार्मास्युटिक ग्रुप सिनोफर्मले कराची युनिभर्सिटीको इन्टरनेसनल सेन्टर पर केमिकल एन्ड बायोलोजिकल साइन्सेजसँग परीक्षणका लागि सम्झौता गरेको हो । अधिकारीहरुका अनुसार पाकिस्तानलाई खोप उपलब्ध गराउन प्राथमिकतामा राखिने छ ।

पाकिस्तान पहिलो चरण पछि अन्तिम चरणको परीक्षणमा हजारौंमा परीक्षण गरिनेछ । यदि खोप सुरक्षित र प्रभावकारी हुनछ भने त्यसको उत्पादनको सुरुवाट मा नै पाकिस्तानलाई २० प्रतिशत आवादीका लागि खोप उपलब्ध गराउने छ ।

कोरोना महामारीको चपेटा फसेको विश्वमा विकाशिल देशमा खोपका लागि ठुला देशबाट सहयोग पाउनु आवश्यक हुन्छ । त्यसैले पनि ची आफनो खोप देशबाट बाहिर परीक्षण गर्न चाहन्छ । पछिल्लो समयमा चीनमा कोरोना भाइरस संक्रमणमा गिरावट आएको छ, त्यसले ठुलो परिमाणमा यसको परीक्षण गर्न सम्भव छैन । तर खोपले स्विकृति प्राप्त गर्न आवादीको विविधतालाई पनि ध्यान दिनु पर्ने हुन्छ ।

वाल स्ट्रिट जर्नललाई रेन्ड कर्पोरेसनका एक वरिष्ठ निति शोधकर्ताले कोविड १९ चीनका लागि टर्निंग पोइन्ट प्रमाणित हुन सक्ने बताएका छन् । चीन विकाशिल देशसँगको बलियो सम्बन्धका आधारमा वैश्विक स्वास्थ्यमा अहम भुमिका निभाउन सक्छ ।

यद्यपी पाकिस्तानका अधिकारीहरुले चीन बाहेक यदि अन्य ठाउँबाट राम्रो मुल्यमा खोप पाउन सकिन्छ भने त्यसलाई पनि ध्यानमा राखिने बताएका छन । अहिले देशको कयौं हटस्पट छन् जहाँ खोपको परीक्षण गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्