रोवोटले नाटक लेख्ने



प्राग,(एजेन्सी)
चेक गणतन्त्रमा आर्टिफिसियल इन्ेटेलिजेन्स अनुसन्धाकर्ताहरुको एक टोलिले थियटर व्यवशायीहरुको सहयोगमा यन्त्र मानव अर्थात ‘ रोवोट ’ बाटै विश्वकै पहिलो नाटक लेखाउने काममा जुटेको छ ।

चाल्र्स युनिभर्सिटीका अनुसन्धानकर्ता रुडोल्फ रोजाले यस परियोजनामा आफ्नो टोलिले प्रागको स्भान्डा थियटर र एकेडमि अफ पर्फमिंग आर्ट्ससंग मिलेर काम गरिरहेको बताएका छन् ।

रोजाले आफुलाई सन् १९२१ मा करेल र जोसेफ क्यापेकले लेखेको ‘ रोस्समस युनिभर्सल रोवोट्स ’ अर्थात आर.यु.आर नामक नाटकको शतवार्षिक मनाउने क्रममा व्यवशायी टोमस स्टुडेनिकले आफुलाई यो विचार सुझाएको बताएका छन् ।

सोही ऐतिहासिक नाटकबाट ‘ रोवोट ’ शब्द उत्पति भएको मानिन्छ । रोजाले टोमसले एक सय वर्ष अघि मानिसले रोवटकोबारे नाटक लेखेको उपलक्षमा अहिले रोवोटलाई मानिसकाबारे नाटक लेखाउन लगाउनु निकै रोचक हुने विचार सुझाएको टकएक्सप्लोरलाई जानकारी दिएका छन् ।

रोजाले विगतमा कविता र संवादका केहि हरफहरु लेख्न सफल भइसकेका आर्टिफिसियल इन्टेलिजेन्स मोडलहरुसंग आफ्नो टोलिले काम गरिरहेको बताएका छन् । सन् २०२१ को जनवरी सम्ममा यस्तो ऐेतिहासिक नाटक तयार भइसक्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्