ओली–प्रचण्ड सहमति नजिक



न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद समाधान गर्नको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमति नजिक पुग्नुभएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बुधवार एक टेलिभिजन अन्तवार्तको क्रममा पाँच दिनभित्र विवाद टुंगो लाग्ने बताए लगत्तै विहिवार अध्यक्षद्धयबीच समस्या समाधान गर्ने विन्दुमा कुरा भएको हो । एक सातादेखि दुई अध्यक्षबीच हुन नसकेको छलफल बिहीबार चार घण्टासम्म चलेको थियो । लामो समयको संवादहीनता तोड्दै दुई अध्यक्षबीच चार घण्टा छलफलमा सहमति कायम गरेर जाने विषयमा नै कुराकानी भएको बताइएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले सवा ११ बजेबाट सुरु भएको छलफल सवा ३ बजेसम्म चलेको र दुई नेताकोबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा कुराकानी भएको न्युज अफ नेपाललाइ जानकारी दिनुभयो ।

पटक–पटक वार्तामा बस्दा पनि ओलीले आफ्नै मात्र अडान दोहोर्याएको भन्दै प्रचण्डले निकास आउनेगरी मात्रै वार्तामा बस्ने सन्देश ओली निटक नेताहरु मार्फत ओलीलाई पठाउनुभएको थियो । विहिवारको वार्तामा महासचिव विष्णु पौडेल र नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्मा पनि सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्