काठमाडौँ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती नगरपालिका–११, लोकाहामा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौंका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो।
दुर्घटनालगत्तै उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको जनाइएको छ।
दुर्घटनामा परेको बस घटनास्थलमै रहेको छ भने दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। घाइतेहरूको विस्तृत परिचय तथा स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।











प्रतिक्रिया