ट्रम्पको श्वेत श्रेष्ठताको आतंक हिटलर जस्तै : कमला हेरिस



वासिंगटन (एजेन्सी) ।

अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोय् बाइडेन र उपराष्ट्रपति पदकी उम्मेदवार कमला हेरिसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हिटलरसँग तुलना गरेका छन् ।

पहिलो पटक एक साथ देखिएका बाइडेन र हेरिसले कोरोना भाइरस संकटसँग लड्न ट्रम्प असफल भएको आरोप लगाए । देशलाई रंगभेदका आधारमा विभाजन गर्ने प्रयास गरिरहेका ट्रम्पलाई आफुले अवश्य हराउने र स्थितिमा सुधार ल्याउने उनीहरुले बताए ।

हेरिसलाई उपराष्ट्रपति पदको उम्मेदवारमा चयन भएपछि ट्रम्प विरुद्ध उनको यो पहिलो ओलोचना हो । डेलावेयरको आफ्नो गृहनगर वेलमिंगटनमा एक अभियान कार्यक्रममा उनले भनिन् – के अचम्मको कुरा छ, ट्रम्पलाई कुनै पनि ससक्त महिला प्रति समस्या हुन्छ ।

बाइडेन र हेरिस दुबैले ट्रम्पलाई रंगभेदलाई लिएर देशको तनावपुर्ण स्थितिका लागि जिम्मेवार ठहर्याए । बाइडेनले भने – नव नाजियालाई हेर्दा अनौथो लागेको थियो, जसले श्वते श्रेष्ठताको मशाल लिएर आएका थिए र अमेरिकाको सडकमा हिटलरको जर्मनी जस्तो कुरा गरेका थिए ।

ट्रम्पमाथि निसाना तेस्र्याउँदै हेरिसले रंगभेदका आधारमा विभाजन गर्ने काम गरिरहेको आरोप लगाइन् । कोरोना भाइरसलाई लिएर कयौंको मृत्युलाई रोक्न सक्ने तर ट्रम्प असफल भएको बताउँदै राष्ट्रपतिमाथि प्रश्न उठाइन् । उनले भनिन् – महामारीसँग लड्न राष्ट्रपतिको गलत तरिकाले हामी अत्यन्त खराक मन्दीपछिको भन्दा पनि खराब आर्थिक संकटमा छौं र रंगभेद तथा ब्यवस्थाको अन्याय हेरिरहेका छौं । अमेरिका नेतृत्व मागिरहेको छ ।

यसअघि ट्रम्पले उपराष्ट्रपति पदको उम्मेदवारका लागि हेरिसको चयनलाई लिएर कडा प्रतिक्रिया दिएका थिए । कमला हेरिसले सुनवाईका क्रममा सर्वोच्च अदालतका न्यायधिष ब्रेट कवानगसँग असाधारण रुपमा खराब ब्यवहार गरेको उनले आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्