अमेरिका र ताइवानलाई चीनको कडा चेतावनी



बेइजिंग (एजेन्सी) । 

ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाव उत्सर्षमा पुगेको छ । ४१ बर्षपछि अमेरिकी प्रतिनिधिमन्डल ताइवान पुगेपछि चीनले कडा प्रतिक्रिया दिँदै विश्वासघात भएको बताएको छ ।

ताइवानको भ्रमणमा रहेका अमेरिकी स्वास्थ्य मन्त्री एलेक्स अजाले कोरोना भाइरसलाई लिएर चीनको ब्यापक आलोचना गरे । उनले ताइवानका दिवंगत पुर्व राष्ट्रपति ली तेंग हुइलाई पनि श्रद्धान्जली दिए ।

अमेरिकी प्रतिनिधि मन्डलको ताइवान भ्रमण र आपसी सम्बन्ध बलियो बनाउने फैसलालाई लिएर चिनियाँ विशेद मन्त्रालयका प्रवक्ता झाओ लिजानले चीनका प्रमुख मुद्दालाई प्रभावित गर्ने कार्यलाई लिएर अमेरिकालाई कुनै प्रकारको भ्रम नपाल्न चेतावनी दिएका छन् । उनले कडा शब्द प्रयोग गर्दै आगोसँग खेल्ने आफै जलेर जाने बताए ।

ताइवानलाई पनि चेतावनी दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विदेशीको अधिनता स्विकार नगर्न र विदेशी मद्दतको भरोसामा नपर्न सुझाव दिए । ताइवान चीनको अभिन्न अंग हो र यदि उसले स्वतन्त्र हुने घषणा गर्छ भने त्यसको सैन्य जवाफ दिइने उनले चेतावनी दिए ।

केही दिन पहिला चीनको पिपुल्स लिबरेसन आर्मीका वरिष्ठ कर्नल रेन गुओकियांगले चेतावनी दिँदै चीनसँग ताइवान विरुद्ध सैन्य कारवाही गर्ने बाहेक अर्को विकल्प बाँकी नरहेको बताएका थिए । ट्रम्प सरकारको आलोचना गर्दै अमेरिकी सेनालाई ताइवानसँग युद्धाभ्यासमा पठाउनु चीनलाई ललकार्नु सरह भएको उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्