अमेरिकी राष्ट्रपति चुनाव : तीन चौथाई मतदाताले हुलाकमार्फत मतदान गर्ने



वासिंगटन (एजेन्सी)। 

अमेरिकामा २०२० को राष्ट्रपति चुनावका लागि तीन चौथाइ मतदाताले हुलाक मार्फत भोट दिन सकिनेछ । हुलाक मार्फत मतदान गर्नेको करिब ८ करोड मतदाता रहेको द न्युयोर्क टाइम्सले जनाएको छ । यो अमेरिकी इतिहासमा सबैभन्दा धरै र सन् २०१६ को तुलनामा दुई गुणा बढी हो ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण धेरैजसो राज्यमा हुलाकबाट मतदानको तयारी गरिएको हो । अमेरिकी राष्ट्रपतिको चुनाव अब १ सय भन्दा कम दिन बचेको छ ।

जुलाई १२ देखि अगस्ट १२ को बीच राष्ट्रपति चुनावलाई लिएर फरक फरक करिब ३२ सर्वेक्षणको नतिजा आएको छ । यी सबैमा डेमोक्र्याट जोय् बाइडेनलाई रिपब्लिपकन प्रत्यासी डोनाल्ड ट्रम्प विरुद्ध अग्रता प्राप्त भएको छ । यी मध्य आधा सर्वेक्षणमा दुई बीचको अन्तर ५ प्रतिशत भन्दा कम रहेको छ । राष्ट्रिय औषतमा बाइडेनलाई ५१ र ट्रम्पलाई मात्र ४१ प्रतिशत मत अर्थात बाइडेन भन्दा १० प्रतिशतले कम मत प्राप्त हुने सेर्वेक्षणले देखाएको छ ।

डेमोक्र्याट समर्थमा ९१ प्रतिशत बाइडेनको साथमा देखिएका छन् भने रिपब्लिकनमा ८७ प्रतिशत ट्रम्पका साथमा छन् । ट्रम्पले आफुलाई पछाडी परेको देखाएका सर्वेक्षणलाई फर्जी बताउँदै यस पटक पनि आफु जित्ने विश्वास ब्यक्त गरेका छन् ।

कमिसन अन प्रसिडेन्सियल डिबेटको कार्यक्रमण अनुसार अमेरिकामा नोभेम्बर ३ मा हुन गइरहेको राष्ट्रपति चुनावका लागि ट्रम्प र बाइडेनबीच एउटै मन्चमा बादविवाद हुने छ । उनीहरु बीच पहिलो बहस सेप्टेम्बर २९ मा ओहायोको क्लिवल्यान्डमा हुनेछ । दोस्रो बहस अक्टोबर १५ मा फ्लोरिडाको मियामीमा र तेस्रो अक्टोबर २२ मा टेनेसीमा हुनेछ । यी सबै बहस ९० मिनेटको हुने र यसलाई ह्वाइट हाउसको पुल नेटवर्क बिना कुनै विज्ञापन सिधा प्रसारण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्