लुम्बिनी मेट्रो सिटीद्वारा यातायात सेवा बन्द



यमलाल भुसाल, बुटवल ।
कोरोना संक्रमण दर बढ्दै गएपछि बुटवलमा रहेको लुम्बिनी मेट्रो सिटी प्रालिले भदौ १ गतेसम्मका लागि बस सेवा बन्द गरेको छ ।
यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी यातायात सेवा बन्द गरिएको प्रालिले जनाएको छ । प्रालिका अध्यक्ष धनबहादुर अधिकारी (शंकर) र सचिव चक्रपाणी भण्डारी (ध्रुव) ले बिहीबार विज्ञप्ति जारी गरी हाल कोरोना महामारीको विषम परिस्थितिका कारण भदौ १ गतेसम्म सेवा बन्द गरिएको उल्लेख गरिएकोछ ।
सरकारले गरेको एक सय बीस दिन लामो लकडाउन अन्त्य गरेसंगै सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको थियो,तर अन्य ठूला यातायात व्यवसायीले सरकारसंग विभिन्न माग र शर्त राखेर सेवा सुचारु नगरेका बेला मेट्रो सिटीले यात्रु वर्गलाई सुविधा दिन र संकटको समयमा सरकारलाई सहयोग पु¥याउन स्वास्थ्य सुरक्षा मापदण्डहरु पूरा गरेर गत असार २८ गतेदेखि बुटवल–भैरहवा र बुटवल–बर्दघाटसम्म यातायात सेवा सुचारु गरेको थियौं।
तर हाल आएर पुनः कोरोना संक्रमण दर बढ्दै गएको देखिएकाले आउंदो भदौ १ गतेसम्म यस प्रालिले यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ’–विज्ञप्तिमा भनिएको छ । यसबाट यात्रु वर्गमा पर्न जाने असुविधाप्रति क्षमा याचना गर्दै भदौ १ गतेसम्मको अवस्थाको समिक्षा गरेर अर्को निर्णय लिइने सम्बन्धित यात्रु महानुभावमा जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्