फक्स न्युजमा प्रशारित खवर गलत !



दोहा, ( एजेन्सी)
संयुक्त राज्य अमेरिका स्थित कतार दुतावास मार्फत फक्स न्युज डट कम ले कतार विरुद्धको ऐजेन्डा बोकेका दुईजना व्यक्तिले कतारलाई थुप्रै आरोप लगाएर लेखेको तथा राम्ररी श्रोत नखुलेको लेख प्रकासित गरेको जानकारी गरिएको छ । ‘ फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिज ’ ( एफडिडि ) का बेन्जामिन वेनथलले यसअघि पनि भ्रामक दावीहरु ग्रिसकेका छन् ।
उनको लक्ष अल उदेइद वायु सैनिक अखडामा अमेरिकी सेना राख्ने कतारको कदमलाई होच्याउनु र यसलाई अन्यत्र कतै राख्न लगाउनु रहेको छ । एसोसियटेड प्रेसले एफडिडिले संयुक्त अरव इमिरेटसको निर्देशनमा यस्ता भ्रमपूर्ण लेख र कतार विरुद्धका कार्यहरु गर्दै आएको जनाइसकेकोले पनि यो कुनै आश्चर्यका विषय भएको छैन ।
उनको अनुसन्धानमा कतारले दशकौंदेखि उग्रवाद र आतंकलाई र्आिर्थक श्रोत जुटाउने कार्य विरुद्ध अग्र स्थानमा रहेर काम गरेको कुरालाई ओझेलमा पारिएको छ । यस्ता व्यक्तिहरुलाई लेख रचना प्रकासन गर्न मौका दिनु फक्स न्युजको मापदण्डभन्दा तलको विषय भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्