सबै खाले सवारी पास वितरण बन्द, यसअघि जारी पास खारेज



न्युज अफ नेपाल, काठमाडौ । जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायले उपलब्ध गराउँदै आएका सवारी पास जारी गर्ने कार्य आजबाट बन्द भएको छ। गृह मन्त्रालयले बुधवार देशभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण नगर्न निर्देशन दिएको हो।

कोरोना भाइरसको संक्रमणपछि विभिन्न समयमा मन्त्रिपरिषद्को निर्णय बमोजिम कार्यालयहरुले सवारी पास उपलब्ध गराउँदै आएकोमा अर्को सूचना जारी नभएसम्म त्यस्ता पास वितरण नगर्न मन्त्रालयले निर्देशन दिएको थियो।

लकडाउन अन्त्य भएपछि कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले उक्त निर्णय लिएको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्