सहकारी विभाग सचिवमा भण्डारी



ललितपुर, (नेस)
दुई दशकदेखि सहकारी क्षेत्रको विकासमा लाग्नुभएका सुरेन्द्र भण्डारीलाई नेपाली कांग्रेसले वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा मनोनयन गरेको छ ।
भण्डारी श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । संस्थाको लागानीमा श्रीलालीगुराँस राष्ट्रिय माध्यमिक विद्यालय, श्रीलालीगुराँस अस्पताल, भैरवकुण्ड हाइड्रोपावर र श्रीलालीगुराँस दुग्ध प्रशोधन उद्योग सञ्चालित छन् ।
सबै सस्थाको नेतृत्वदायी भूमिकामा रहनुभएका भण्डारीले आफ्नो नियुक्तिलाई सही रुपमा अघि बढाउँदै सहकारी र वित्तीय संस्थाको विकासमा अथक् रुपमा लागिरहने बताउनुभएको छ ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उहाँलाई नियुक्ति गरेको पत्रमा उल्लेख छ । नियुक्ति भएलगत्तै उहाँले पार्टीको केन्द्रीय वित्तीय विभागलाई थप सुदृढ र गतिशील बनाउन दत्तचित्त भई लागिपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्