फेसबुक पोस्टको कारण दुई जनाको ज्यान गयो



बैंगलोर,(एजेन्सी)

भारतमा मंगलवार राति पैगम्वर मोहम्मदकोबारे फेसबुकमा भएको एक पोस्टलाई लिएर शुरु भएको विरोध प्रदर्शनको भिडमाथि प्रहरीले गोली चलाउँदा दुई व्यक्तिको मृत्यु भएको छ । दक्षिणी भारतिय शहर बैंगलोर स्थित एकजना स्थानिय राजनीतिज्ञको घर सामु सो भिड एकत्रित भएको थियो ।

ति राजनीतिज्ञका एकजना आफन्तले पैगम्वरकाबारे आपत्तिजनक कुरा फेसबुकमा पोस्ट गरेका थिए । आक्रोसित भिडले घटनास्थलमा पुगेका प्रहरीमाथि ढुँगामुढा गर्नुकासाथै वारी साधनहरु मथि आगजनि गरेको थियो । विविसी हिन्दीका अनुसार प्रहरीले यस घटनका प्रमुख कारण मानिएका पुरुष लगायत अन्य एक सय एघारजना व्यक्तिलाई गरिफ्तार गरेका छन् ।

शहरका प्रमुख प्रहरी आयुक्त कमल पन्तले वरिष्ठ अधिकारी लगायत कम्तिमा साठीजना प्रहरी घायते भएके र शहरका दुइृवटा जिल्लामा कफ्र्यु लगाइएको बताएक छन् । नगर प्रहरी विभागले ट्विटर मार्फत स्थिती पूर्णत नियनत्रणम आइसकेको तथा भिड नियन्त्रणका लागि प्रहरी गोली र अश्रुग्यास प्रहारका साथै लाठी चार्ज गर्नुपरेको स्पष्ट पारेको छ । बैंगलोर कर्णाटक राज्यको राजधानी हो ।
कर्णाटकका मुख्य मन्त्री अखण्ड श्रीनिवास मर्तिले भिडियो अपिल मार्फत प्रदर्शनकारीहरुलाई शान्त रहन आग्ह गर्दै न्याय दिलाउने बचन दिएक छन् । सो विवादास्पद पोस्ट अहिले फसबुकबाट हटाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्