जाजरकोटका नेवार समुदायमा नाँचिने लाखे नाँचको समापन



बासुदेव शर्मा,जाजरकोट ।

जाजरकोट सदरमुकाम खलंगामा गत बर्ष एक महिना अगाडीबाट लाखे नाँच निकालेर घर घर गएर नाँच गान गरी धुमधामसग विदाई गरिने लाखे नाँच यस बर्ष नाँच गान विनै पर्वको संरक्षण गर्नको लागी आज लाखे नाँचको विदाई गरिदै छ । परम्परागत रुपमा नेवार समुदायले संचालन गर्दै आएको लाखे नाँचको आज समापन गर्ने भएको छ । विगतका वर्षहरुमा लाखे नाँच धुमधामका साथ मनाएपनि यस वर्ष कोरोना भाईरस कोेभिट १९ का कारण सामान्य रुपमा पुजा अर्चना गरेर मनाईने भएको छ ।

सदरमुकाम जाजरकोट खलंगाका नेवार समुदायका नागरिकहरुले आफनो समुदायमा दिवंगत भएका आफन्तहरुको सम्झनामा गाईजात्रा निकाल्ने गाँठेमंगलको दिन देखि लाखे नाँच निकालेर आजको दिन समापन गर्ने प्रचलन रहेको छ ।विगतका बर्षमा धुमधामसग मनाईने लाखे जात्रा विश्वमा फैलिएको कोरोना भाईरस कोभिट १९ को महामारीले संक्रमण फैलिन सक्ने भएकोले यस बर्ष लाखे निकालिए पनि घर घरमा गएर नाँच गान गर्दै गाईजात्रा निकाल्ने कार्यक्रम नभएको आयोजनकले जनाएको छ ।

यस बर्षको लाखे नाँचको पर्व सामान्य रुपमा विधि पुर्वक पुज अर्चन गरि बेलुका ५ बजे लाखे नाँचको समापन गर्ने नेवा देयदवुका अध्यक्ष दिनेश कुमार श्रेष्ठले वताउनु भयो । कोभिड १९ को संक्रमण विभिन्न ठाँउमा बढेकोले यस पटक चाँडपर्व समेत प्रभावित बनेका छन् । सकारले घरमै वसेर चाँडपर्व मनाउन आग्रह गरेकोले परम्परागत रुपमा चल्दै आएको संस्कृति जोगाउन गरेको आयोजकले जनाएको छ ।हजारौको संख्यामा नाच गान गर्दै विदाई गरिने लाखे जात्रा यस वर्ष सुनसान अवस्थामा विदाई गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्