इलामबाट भित्रिएको ११३ कार्टुन रेडबुल झापामा बरामद



न्युज अफ नेपाल,भद्रपुर ।

इलामको पशुपतिनगर हुदै दुइवटा भेन मार्फत भित्र्याइएको नेपालमा प्रतिबन्धीत १ सय १३ काटुन रेडबुल डिआइजी कार्यालयको निर्देशनमा सशस्त्र प्रहरीले झापामा बरामद गरेको छ ।
रेडबुलको तस्करी भइरहेको विषयमा पटक – पटक सशस्त्र प्रहरी झापालाइ जानकारी गराउँदा समेत चासो नदेखाएपछि डिआइजीको कार्यालयमा गएको गुनासोका आधारमा तस्करीको माध्यामबाट मे १ ज ३१४७ र मे १ ज २४१५ नम्बरको कालो प्लेटको भेनबाट ल्याइएको सामान बुधबार विहान साढे ४ बजे झापाको विर्तामोड स्थित वसपार्क छेउबाट बरामद गरिएको शसस्त्र प्रहरी शनिश्चरे वेस क्याम्पले जनाएको छ ।

प्रदेश १ को शसस्त्र प्रहरी क्षेत्रीय कार्यालयबाट आएको विषेश सूचनाका आधारमा गएको टोलीले सामान बरामद गरिएको क्याम्पका डिएसपी बिरेन्द्र खनालले जानकारी दिनुभयो । सामानसँगै चालक पशुपतिनगरका २८ वर्षिय सञ्जय गुरुङ र सोही स्थानका २२ वर्षिय अनुपम थानीलाइ समेत नियन्त्रणमा लिइएको उहाँले जनाउँनुभयो ।

बरामद गरिएको सामानको अनुमानित मूल्य २ लाख ३५ हजार ९ सय ४४ रहेको उहाँको भनाइ छ । सामान र भेनलाइ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले बरामद गरेको रेडबुल बजारमा प्रति वट्टा २ सय २० रुपैयाँ भन्दा माथि बिक्री भइरहेपनि प्रहरीले मूल्याङ्कन भने घटाएर कायम गरेको छ । प्रहरीले कायम गरेको मूल्यमा पनि भन्सारले पुनः घटाउदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्