विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने सरकारको निर्णय

658
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना महामारीको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ ।भाद्र १ गते देखि विद्यालयमा नयाँ भर्ना र त्यसको दुई साता पछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको सरकारले कोरोना समुदायमा फैलिन थालेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरेको छ ।

कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

‘शैक्षिक संस्था तथा पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ।’ पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले भने, ‘समुदायस्तरमा कोरोना फैलन थालेपछि यसअघि तोकिएका परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय भएको छ ।’