पहिरोले घर भत्काएपछी डेढ महिना देखि त्रिपालको सहारामा रात बिताउँदै अधिकारी परिवार



भूपराज बस्याल,स्याङ्जा ।

असार १२ गते आएको अत्यधिक बर्षाका कारण घर भत्किएपछि गल्याङ नगरपालिका ११ भाटी सिम्लेका खगेन्द्र प्रसाद अधिकारी र उहाँको परिवार डेढ महिनादेखि त्रीपालको सहारामा रातहरु गुजार्दै आएका छन् ।घर भत्किएपछि पाएको एउटा त्रीपाल मुनि बसेर दिनभरि सहयोगी हातहरुलाई चियाउदै भोलि पुन चियाउने आशाकासाथ विभिन्न आरोह अवरोह सहदै अधिकारीले बिताउन थालेको डेढ महिना भयो । हरेक दिन यसैगरी बितेपनी उहाँले अहिलेसम्म सबै क्षेत्रबाट आश्वासन भन्दा केही पाउनु भएको छैन ।

नेपाल समाचारपत्रसंग कुराकानी गर्दै खगेन्द्रले भन्नुभयो अहिलेसम्म नगरपालिकाले दिएको एउटा त्रीपलाको भरमा दिनरात गुजारी रहेका छौं । नगरपालिकाले एउटा त्रीपाल र एक बोरा चामल मात्रै उपलब्ध गराए पनि हामी रिपोर्टिङको लागि पुग्दासम्म नगर प्रमुख समेत एक पटक समस्या बुझ नआएको पीडितको गुनासो थियो ।

पीडितको बस्तु स्थिति बुझेर कसरी सहयोग गर्न सकिन्छ भन्दै पीडित भेट्न पुग्नु भएका गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लसंग गुनासो गर्दै पीडित परिवारले रेडक्रस गल्याङबाट एउटा त्रीपाल, भाडाकुडा र पाँच हजार रुपैयाँ र नगरपालिकाबाट केही सहयोग मात्रै पाएको गुनासो गर्नुभयो ।

नेपाली काङ्ग्रेस गल्याङ नगर कमिटी सहित पीडितको घरमा पुग्नु भएका सांसद मल्लले पीडितको उद्घारको लागि प्रदेश सांसदमा कुरा राख्ने र सरकारबाट पाउने सहयोगलागि पहल गरिदिने बचन बद्द्ता दिनुभयो । पुर्ण क्षतिभएका कारण सरकारबाट पाउने सहयोगमा ढिलाइ गर्न हुन नहुने भन्दै त्यसको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरकमिटी सहित पुगेको टोलिले तत्काल राहतको लागि सत्र हजार नगद समेत हस्तान्तरण समेत गरेको छ ।

गल्याङ देखि तिन्दोबाटे जाने बाटोको छेउमा रहेको दुईतले ढुङ्गाको घरमा पछिल्लो समय बुढाबुढीमात्रै बस्दै आउनुभएको थियो । असार १२ गते घरको काम गर्दैगर्दा बम पड्के जस्तो आवाज आएपछि हेर्दा आफ्नै घर पहिरोले लगेपछि उहाँहरु घरबार बिहिन हुनुभएको हो । भत्किएको समयमा घरमा कोहि नभएको हुँदा मानवीय क्षति भने केही हुन पाएन ।

‘म सासुआमा बिमारी भएर घरभन्दा केही माथी थिए बुढा अलि पर भाडा माझ्दै गर्दा घर पहिरो गएको गएको हुँदा मानवीय क्षति हुन नपाएको खगेन्द्रको भनाइ छ । न घर भत्किने जस्तो जिर्ण थियो न कतैबाट पहिरो आएर घर भत्कायो घर कसरी भत्कियो भन्ने बारेमा आफुहरु समेत अनविग्य रहेको उहाँको गुनासो थियो ।

उहाँले भन्नुभयो आधा घर उसैदिन गयो बाकि घर अर्को दिन गयो अलिअलि बचेको समेत बिस्तारै भत्कदै गरेको उहाँले बताउनुभयो । करिब ५१ /५२ साल तिर दुखगरि बनाएको घर भत्किएपछि आफुहरु सहारा बिहिन भएको गुनासो गर्नुभयो । दुई छोराहरु जागीरको सिलसिलामा एक भारत र एक काठमाडौमा रहेपनी छोराहरु बाट राम्रो हेरचाह नहुदा र भएको घर समेत पहिरोले लैजादा खगेन्द्रको मन झनै भक्कानिएको गुनासो थियो ।

स्थानीय निकायबाट हुने सबै काम भैइसकेको र तत्कालको लागि राहत समेत उपलब्ध गराएको सोही वडका अध्यक्ष शकर देब अधिकारीको भनाइ छ । उहाँले नेपाल समाचारपत्रसंग कुराकानी गर्दै भन्नुभयो पुर्ण क्षति भएको हुँदा नगरपालिकाबाट सबै कागजपत्र तयार भैसकेको र माथीबाट रकम आउन साथ रकम उपलब्ध गराउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्