लगानी बोर्डका सिईओ भट्टलाई काम गर्न नदिन उच्च अदालतको आदेश



न्युज अफ नेपाल,काठमाडौं ।

लगानी बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मुख्य न्यायाधीश नकहुल सुवेदीको एकल इजलासले मंगलबार साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले भट्टलाई पनि बोर्डको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कामकाज नगर्न आदेश दिएको छ ।भट्टको नियुक्तिविरुद्ध अधिवक्ता जयबहादुर भुजेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।आगामी साउन ३२ गते पक्ष र विपक्ष दुबै पक्षलाई अदालतले छलफलमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्