सांसद यादव कोरोनामुक्त



न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभाका सांसद प्रदीप यादव कोरोनामुक्त हुनुभएको छ । कोरोना परिक्षणको क्रममा पोजिटिभ देखिएपछि सेल्फ आइशोलेसनमा रहनु भएका उहाँको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उहाँ कोरोनामुक्त हुनु भएको हो ।

वीरगञ्जको नारायण अस्पतालमा उहाँले कोरोना परिक्षण गर्नु भएको उहाँले जानकारी दिनुभयो ।  गत साउन १७ गते कोरोना पोजेटिभ देखिएपछि उनी घरमै होम आइसोलेसनमा बस्दै आउनुभएको थियो । जनता समाजवादी पार्टीका सांसद यादवले १२ दिनपछि कोरोनामुक्त भएको जनाकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्