नेविसंघद्वारा त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड (तस्वीरसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी सँगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको छ ।

आफ्ना मागहरु बेवास्ता गरेको बताउँदै नेविसंघले उपकुलपतिको कार्यकक्ष तोडफाड गरेको हो । विश्वविद्यालयले साउनको पहिलो साता ईञ्जिनियरिङ्मा प्रा.डा. शशीधरराज जोशी, शिक्षामा प्रा.डा. चिबबहादुर बुढाथोकी र मानविकीमा प्रा.डा. कुशुम शाक्यलाई डीन नियुक्तिगरेपछि विवाद चर्कीएको थियो ।

विद्यार्थीको एक मसमुह आएर बिहान १० बजेतीर उपकुलपतिको कार्यकक्षमा ढुङ्गा प्रहार गरेका थिए । संघले विश्वविद्यालयको मार्गचित्र बनाउनु पर्ने, नियुक्ति जेष्ठता र वरिष्ठताका आधारमा पारदर्शी हुनुपर्ने लगायतका २० बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्