मकवानपुरमा निषेधाज्ञा



न्युज अफ नेपाल, मकवानपुर ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरी राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । हेटौँडामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि निषेधाज्ञा जारी भएको हो ।

जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी साउन महिनाभरि नै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

हेटौँडा उपमहानगरपालिका क्षेत्रका १९ वटै वडा, त्यसको ५ सय मिटर आसपासको क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्