अमेरिकाको नर्थ क्यारोलिनामा ५.१ म्याग्निच्युडको भुकम्प



स्पार्टा (एजेन्सी) । 

अमेरिकाको नर्थ क्यारोलाइनामा आइतबार विहान आठ बजे ५ दशमलव १ म्याग्निच्युडको भुकम्प गएको छ । सय बर्ष भन्दा बढी समय पछि यहाँ पहिलो पटक यति तिब्रताको भुकम्प आएको हो ।

उक्त भुकम्प आउनु अघि ग्रिनविलेमा सानो धक्का महसुस गरिएको राष्ट्रिय मौसम विभागले जनाएको छ । भुकम्पका कारण कोही पनि घाइेते भएको समाचार आएको छैन, यद्यपी स्पार्टामा केही भवनहरुमा क्षति पुगेको, सडक चिरा परेको देखिएको छ ।

सामाजिक सन्जाल माध्यममा आएका तस्विरमा पसलहरुमा सामान खसेको देखिएका छन् । माइकल हल नामका एक ब्यक्तीले आफु घर नजिकै उभिरहँदा एक झुन्ड हिरण भागेको देखेको बताए । त्यसको एक मिनेटपनि नवित्दै धर्ति हल्लिएको उनले बताए । केरल बेकरले भने – ‘अब २०२० मा मलाई केही पनि अचम्म लाग्न छोड्यो । एक हप्तामै आँधी र फेरी भुकम्प, यो अलि धेरै नै हो ।’

हालै आएको भुकम्प भर्जिनिया, साउथ क्यारोलाइना र टेनेसी पनि महसुस गरिएको थियो । यसअघि यस राज्यमा सन् १९१६ मा ५ दशमलव ५ तिब्रताको भुकम्प आएको थियो ।

प्रतिक्रिया दिनुहोस्